बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

पर्यटकीय थलो पहिल्याउन पर्यटन प्रवर्द्धकसँग अन्तरक्रिया गरिने

ओझेलमा रहेका पयर्पटकीय थलो पहिल्याउन वि विल राईज फाउण्डेसनले पर्यटन प्रवद्र्धक (ट्राभल भल्गर) हरु सँग अन्तरक्रिया गर्ने भएको छ । पछिल्लोसमय देशका विभिन्न कुना कन्दरा भ्रमण गरी ट्राभल भल्ग बनाउने आन्तरिक पर्यटकहरुको संख्या बढिरहेको छ । यस्ता पर्यटकहरुबाटै ओझेलमा परेका पर्यटकीय थलोहरु चिन्न चिनाउन सकिने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए । अन्तरक्रिया कार्यक्रम आगामी आइतबार दिउँसो एक बजे गोगंबुस्थित फाउण्डेसनकै कार्यालयमा हुनेछ । घुमफिरमा र प्रवद्र्धनात्मक भिडियो बनाउन रुचि राख्ने जोकोही कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

फाउण्डेसनले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला संस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउण्डेसनले सन् २०२३ को प्रतियोगितामा सहभागिता जनाउन आगामी वर्ष वैशाख २१ गतेसम्म भिडियो पठाउन आह्वान गरेको छ । भिडियो अधिकतम ५ मिनेटको हुनुपर्नेछ । प्राप्त भिडियोहरूमध्येबाट निर्णायकले छनौट गरेका उत्कृष्ट दशलाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ । विजेता प्रतियोगीहरूको घोषणा १३ जेष्ठ २०८० का दिन काठमाडौँमा हुनेछ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशभरबाट उत्साहजनक १ सय ३२ वृत्तचित्र सहभागी थिए ।

प्रतियोगितामा सहभागिता जनाउन चाहनेले फाउण्डेसनको वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी मार्फत विस्तृत जानकारी लिन सक्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन कुनै किसिमको शुल्क लाग्ने छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित