बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

एमाले माथि देशीविदेशी शक्ति चौतर्फी घेराबन्दीमा छन्- एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेमाथि चारैतर्फबाट घेराबन्दी भएको बताएका छन् । देशी–विदेशी शक्तिहरु मिलेर पार्टीलाई घेराबन्दीमा पारेपनि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले नै एमालेलाई परास्त पार्न सकिँदैन भन्ने कुरा स्पष्ट पारेको दाबी गरे । नेकपा एमाले नेताका कारण नभई जनता र कार्यकर्ताहरुको योगदानले निर्माण भएको दाबी गर्दै उनले विपक्षीहरुले जतिसुकै कमजोर बनाउन खोजेपनि थप सशक्त भएर जनतामा जाने उल्लेख गरे ।

एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितका लागि एमाले जस्तोसुकै परिस्थितीको सामना गर्न तयार रहेको बताए । जनजीविकाका मुद्दाहरुलाई उठाउने र राष्ट्रिय स्वाधिनका लागि जस्तोसुकै घेराबन्दी भएपनि एमाले प्रतिवाद गर्न तयार रहेको उनले बताए । मिसन ग्रासरुटको माध्यमबाट आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी अभियानमा लाग्न आग्रह गर्दै भट्टराईले जनसंगठनहरुलाई समेत थप चुस्त दुरुस्त बनाउन आवश्यक रहेको औल्याए । गत निर्वाचनको मत परिणाम लगायतका विषयलाई गम्भीर रुपमा समीक्षा गर्दै आवश्यक कुराहरुलाई सुधार गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिट व्युरो सदस्य बैजनाथ चौधरीले एमालेलाई सिध्याउन लाग्ने शक्तिहरुका बीच आगामी निर्वाचनमा झन ठूलो र पहिलो दल बन्ने गरी लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गरे । विगतका कमीकमजोरीहरुलाई सुधार गर्दै टोल, वडा तथा नगरहुँदै माथिल्लो तहसम्म पार्टी सुद्धिकरणको अवाश्यकता औल्याए । एमालेमाथि चौतर्फी घेराबन्दी भैरहेको समयमा कार्यकर्ताहरु थप सशक्त भएर संगठन विस्तारमा लाग्न उनले आग्रह गरे । यसैगरी एमाले रुपन्देही जिल्ला अध्या तेजेन्द्र केसीले एमाले निकट जन संगठनहरुलाई समेत थप व्यवस्थित र संगठित गर्न आवश्यक रहेको बताए । एमाले बुटवल नगरकमिटीका अध्यक्ष किसन ज्ञवालीको अध्यक्षता तथा सचिव मेघराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित