
बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलमा रहेका थुनुवाहरुको पहिचान भेष्टबाट गरिने भएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा थुनामा रहेका थुनुवाहरुलाई जिल्ला अदालत लैजादा ल्याउदा पहिचान एंव सहजताका लागि भेष्ट लगाईदिने र त्यहिबाट थुनुवाको पहिचान गरिने बताइएको छ ।
उक्त भेष्ट बुटवल उप(महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्य बाट ईलाका प्रहरी कार्यालय बुटवललाई प्रदान भएको हो । २५ थान भेष्ट थुनुवाको पहिचानका लागि ईलाका प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरेको वडा अध्यक्ष शाक्यले बताए ।