लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

आप्रवासी परिवारलाई वित्तीय साक्षरता तथा मनोपरामर्श तालिम

बुटवल। बुटवलमा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बुटवल उपमहानगरपालिकाको नेतृत्वमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको हो ।
तालिममा सहभागी १ सय १० जनालाई मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले तालिममा सिकेका कुरा व्यवहारमा कार्यान्वयन गर्न सुझाव दिए । उनले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित बनाउँदै वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिटान्सलाई फजुल खर्चमा प्रयोग नगरी रोजगार सिर्जना र उत्पादनमूलक काममा लगाउन आग्रह गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भविष्यबारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका विषयमा लिएको तालिमको उपयोग गर्न सुझाव दिए ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र वैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा र मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको बताउनुभयो ।
वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको रोजगार संयोजक अरविन्द पाण्डेले बताए ।

आरन व्यवसायलाई आधुनिकीकरण गर्न यन्त्र पाएका वीरबहादुरले परम्परागत तरिकाले धातुका भाँडाकुडा र कृषि औजार बनाउँदा धेरै समय लाग्ने गरेकामा आधुनिक यन्त्र पाएपछि सयमको बचत हुने, श्रम कम लाग्ने र निर्माण हुने औजारको गुणस्तरमा सुधार आउने भएकाले मूल्य पनि राम्रो पाइने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित