दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

स्वरोजगार बनाउन आधुनिक आरन र उपकरण हस्तान्तरण

बुटवल, १६ फागुन । बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ ।
आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैची, रेती, घनलगायतका उपकरण दिइएको हो ।
उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले परम्परागत रुपमा आरन चलाएर जीविका चलाउँदै आएका ११ जनालाई पेशालाई निरन्तरता दिदै स्वरोजगार बन्न मदत गरेको बताए ।
उनले सीपमार्फत स्वरोजगार बन्नका लागि आधुनिक उपकरणले थप सहज बनाउने बताए । उपप्रमुख सावित्रादेवी अर्यालले लोप हुन लागेको पेशालाई आधुनिक उपकरणमार्फत स्वरोजगार बन्ने प्रेरित गर्ने गरी उपकरण सहायता गरेको बताईन ।
बुटवल उपमहानगरपालिकाका आन्तरिक श्रोतबाट बुटवलभित्र आरन व्यवसाय गरिरहेकाहरुलाई आह्वान गरी ११ जनालाई उपकरण सहयोग गरेको रोजगार शाखाका संयोजक अरविन्द पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित