रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

बुटवलमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा तयार भयो बधशाला, सञ्चालनको अन्तिम तयारी (तस्वीरहरु)

बुटवल । उपभोत्तालाई स्वच्छ मासु खुवाउने उद्देश्यका साथ बुटवलमा पशुबधशाला तयार भएको छ । २५ बर्ष देखि बधशालाको बहस बुटवलमा उठेपनि बल्ल अहिले बधशाला सञ्चालनको तयारी भएको हो । बधशाला नहुँदा यहाँका उपभोत्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुल्ला र सामान्य मापदण्ड मात्र पुरा गरेका पसलबाट मासु उपभोग गरिरहेका थिए ।
अब बधशाला सञ्चालनको तयारी भएसंगै उपभोत्ताले स्वच्छ मासु खान पाउनेछन् ।
बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा सहमती भइसकेको छ ।
दुईपक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिटै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उनले बताए ।
बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने छ । बुटवल उपमहानगरका निवर्तमान मेयर शिवराज सुवेदीको पालामा सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालन गर्ने मोडालिटी बने अनुरुप अहिले अहिले बधशालाको पुर्वधार निर्माण भएको हो ।
बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ ।


विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ ।
कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयको भनाई छ ।
बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष समेत रहेका रुपन्देही मासु व्यवसायी संघका पुर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिटै नै बधशाला सञ्चालन हुने बताए ।
वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउनेछ ।


बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको छ । वधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर, हेफर इन्टरनेसनल सहितको लगानी छ । दैनिक १ हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बनाइएको छ ।
यहाँ बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण भएका छन । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।


बुटवल वधशालामा करीब १२ हजार खसीबोका उत्पादक महिला किसान र ३०० जना मासु व्यवसायी सहभागी हुने बताइएको छ । रूपन्देहीमा दैनिक २०० खसीबोकाको मासु खपत हुँदै आएको छ । वधशालामा वध गर्ने अन्य ८०० सम्म खसीबोका लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा लगेर बिक्री सकिन्छ ।
उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले वधशाला सञ्चालनमा आएपछि मासुको गुणस्तर र स्वच्छता नमूना हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित