लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

बुटवल । पाचौं राष्ट्रिय सैनामैना कृषि,पर्यटन, औधोगिक व्यापार महोत्सव २०७९ बुधबार देखि शुरु हुँदैछ।
सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको सम्पुर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।
पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यवाहक अध्यक्ष एव मेला संयोजक सुरेन्द्र पौडेलले सैनामैना २ कालिका चोकमा फाल्गुन १७ गते देखि फाल्गुन २८ गतेसम्म महोत्सव सञ्चालन गरिने जानकारी गराए।
महोत्सवमा १५० स्टल रहेको र महोत्सव अवधीभर कृषि , पर्यटन सम्बन्धि अन्तरक्रिया एव सास्कृतिक कार्यक्रम समेत राखिएको पौडेलले जानकारी दिए। निशुल्क कृषि स्टल समेत प्रदान दिइएको जानकारी दिए।
प्रचार प्रसार संयोजक गोबिन्द पोखरेलले मेलामा १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको जानकारी दिए। पोखरेलका अनुसार महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले गर्नेछन।
मेलाको टिकट ७० वर्ष माथी र अशक्त तथा अपाङ्ग ब्यक्तिहरु परिचयपत्र लिएर आएमा निशुल्क, विद्यार्थीलाई ५० र सामान्य ब्यक्तिलाई ७० रुपैया टिकट तोकिएको पोखरेलले जानकारी दिए।
महोत्सवको सैनामैना उद्योग बाणिज्य संघ सैनामैना रुपन्देही सह आयोजक, पर्यटन ग्रामीण तथा सहकारी विकास मन्त्रालय लुम्बिनी प्रदेश, रुपन्देही व्यापार संघ र सैनामैना नगरपालिका प्रवर्द्धक रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित