
सडक निर्माणको काम अलपत्र परेको भन्दै बुटवल उप–महानगरपालिकाको वडा नं. ११ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरिदिएका छन । सडक निर्माणको कामलाई दवाव दिने उद्देश्यले स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
रंगशालादेखि एमाले चोक सम्मको करिव डेढ किलोमिटर सडक करिव ४ बर्ष पहिला निर्माण सुरु भएपनि अहिले सम्म पुरा हुन नसेपछि दवाव दिन वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानिय हरिप्रसाद कंडेलले बताए ।
स्थानीय सरकार र सडक डिभिजन कार्यालय वीच तालमेल बिना निर्माण सुरु भएको यो सडकमा खाल्डाखुल्डी, ढल र प्रदुषणले स्थानीय तथा सवारी चालकले सास्ती खेप्दै आएका छन ।
ढल बगेर सडकमा वरपर दुग्रन्ध फैलिएको समेत उहांले बताउनुभयो । उहांले सडकका बारेमा बारम्बार सडक डिभिजन कार्यालयका ध्यानआर्कषण गराएपनि माग सुनुवाई नभएको बताए ।
बुटवल उप– महानगरपालिकाका प्रमुख कार्याकारी अधिकृत टेकराज पन्थीले एमाले चोकदेखि नगरको सीमाना सम्मको सडक ७ करोडको ठेक्का सडक डिभिजनले लगाएको र काम अलपत्र पारेको जानकारी दिए । सो सडक निर्माणको लागि भन्दै उपमहानगरसँग ७ करोडको समपुरक बजेट भएपनि सडक डिभिजनले ठेक्का नतोड्दा सडक निर्माणको काम सुरु गर्न नसकिएको उनले बताए ।
वडा नंं. ११ बुटवल कै सबैभन्दा ठुलो वडा हो ।