आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

नेकपा एमालेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु

बुटवल । नेकपा एमालेले पार्टीका गाउं र वडा कमिटिसम्म नयां गति र उर्जा प्रदान गर्ने उद्देश्यले शुरु गरेको मिसन ग्रास रुट अभियान रुपन्देहीमा पनि शुरु भएको छ ।

नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टी केन्द्र तहबाटै चलाईएको उक्त अभियानको शुरुवात गरिएको छ । एमाले प्रदेश कमिटी सदस्य महेन्द्र गिरीको अध्यक्षता तथा भरतमणी सापकोटाको संचालनमा सोमबार शुरु गरिएको अभियानमा पार्टीका प्रदेश तथा जिल्ला तहबाट लुम्बिनी नगरपालिकाका १३ वटै वडामा खटाईएका नेता तथा कार्यकर्ताहरुको जिम्मेवारी बांडफांड गरिएको छ ।

सो अवसरमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बलबहादुर आचार्यले पछिल्लो समय सुस्ताएको पार्टी कमिटी अभियानबाट शसक्त बन्ने बताए । एमाले केन्द्रबाटै विभिन्न ११ वटा कार्यादेश दिएर पदाधिकारीसहितका केन्द्रीय नेताहरुलाई प्रदेश र जिल्ला तहमा खटाईएको र प्रदेश र जिल्ला तहका पदाधिकारी तथा नेता कार्यकर्ताहरुलाई नगर र गाउंपालिका तहमा खटाईएको जानकारी दिए ।

अभियानले स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधार गर्नुका साथै पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण, सदस्यता नवीकरण तथा रायसुझाव संकलन गर्ने कामले पार्टीमा नयाँ गति कायम गराउने उनले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दिनेश पाण्डेले पार्टीको मेरुदण्ड भनेकै गाउं र वडा कमिटी भएकोले तल्लो तहलाई बलियो बनाउन नसक्दा सम्म सिंगो पार्टी बलियो बन्न नसक्ने बताए ।

नयाँ, गति र ऊर्जा प्राप्त हुने एमालेले जनाएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य गोकर्ण क्षेत्री, लिलाबल्लभ ढकाल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, अब्दुल कलाम, उपेन्द्र अधिकारी, एमाले जिल्ला कमिटी सदस्य दामोदर सापकोटा लगायतले बोल्दै झण्डै २ महिना सम्म चल्ने अभियानले एमालेलाई अझै बलियो बनाएर पहिलो शक्तिको रुपमा उभ्याउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित