प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

अर्घाखाँची सिमेन्ट उद्योग भित्र ४ मजदुरको रहस्यमय मृत्यु, प्रहरीले मुचुल्का गरेपनि घटना बाहिर सार्वजनिक भएन

अर्घाखाँची सिमेन्ट उधोग भित्र ४ जना मजदुरको रहस्यमय मृत्यु भएको खुलसा भएको छ । गत माघ १६ गते दिउँसो भएको दुर्घटनामा ४ जना मजदुरको मृत्यु भएको बुझिएको छ ।

एक महिना अगाडी भएको उक्त घटना अहिलेसम्म गुपचुप राखिएको छ । ४/४ जनाको मृत्यु र ३ जना गम्भीर घाइते भएको बताईएको छ ।
रुपन्देहीको सियारी गाउपालिकाको वडा नम्बर २ मा रहेको अर्घाखाँची सिमेन्ट उद्योगको कोल मिलमा अचानक आगलागी हुँदा उक्त सिमेन्टमा काम गर्ने ४ जना कामदारको मृत्यु भएको हो ।

प्रहरीको रिपोर्ट पुगेपनि प्रहरीले मुचुल्का तयार पा¥र्याे तर घटना बाहिर नआउंदा घटनाशंकापस्द छ । १ नेपाली र ३ भारतीय नागरिकको मृत्यु भएको स्थानीयले बताएका छन् ।

रुपन्देही कोटहीमाई ४ बस्ने ३८ बर्षिय अंगद हरिजन, भारत उत्तर प्रदेश जिल्ला फनेहपुर ग्राम सेलवन घर भएका ५० बर्षिय जितेन्द्र कुमार, विहार गोपालगञ्ज ग्रामका २७ बर्षिय शसिकान्त कुमार कुसवाह, विहारकै समस्तपुर ग्रामका ४८ बर्षिय श्रीराम सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ ।

कोईलामा ग्यास लिक भएर आगलागी हुंदा ४ जना मजदुरको मृत्यु भएको बताईएको छ ।

मृतकका परिवारलाई हप्तौं दिनसम्म सामान्य घाइते भएको भनेर झुक्याएको र पछि एक्कासी लास बुझ्न बोलाएको मृत्कका आफन्तले बताएका छन् ।
उक्त घटनाको बिषयमा राष्ट्रिय मानव अधिकार आयोगसमक्ष मृतकका आफन्तले ध्यानाकर्षण गराउंदै घटनाको सत्यतथ्य बुझेर दोषी उपर कडा कारबाहीको माग र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित