जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

पावर बैंकको खोलभित्र गिलो माटो राखी बिक्री गरेको थाहा पाएपछि…

बुटवल । चिठ्ठाको नाममा पावर वैँक पर्यो भनी पावर बैंकको खोलभित्र गिलो माटो राखी बिक्री गर्ने दुई जना भारतीय रुपन्देहीको सालझण्डीबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला, चन्दनताय गाउँ बस्ने २८ विर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पीएर लेखिएको पलाष्टिकको बट्टा माटोको ‘पावर बैंक’ ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाईन्ट एक/एक थान, स्क्रयाच कुपन ७९ थान पक्राउ गरिएको छ । यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसरी गरेका थिए ठगी

आइतबार दिउँसो सैनामैना नगरपालिका–१० सालझण्डी झिमझीमे स्थितमा भारतीय नम्बरको मोटरसाईकल अगाडी पछाडी प्रेस लेखिएको मोटरसाइकल आउँछ । मोटरसाईकलमा आएका दुई जना मानिसहरुले नेपाली रु ५० को चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाईलको ओरिजिनल पावर बैंक पर्ने भनि मानिसहरुलाई आकर्षित गर्छन । प्रलोभनमा परी स्थानीयले चिठ्ठा किन्छन्, ५० को चिठ्ठा स्क्रयाच गर्दा सबैमा पावर बैंक पर्छ । ती भारतीयहरुले पहिले नै सेट गरिएको कुपनहरु पावर बैंक पर्नेगरी बिक्री गरी गरेका हुन्छन् । उक्त पावर बैंक परेपछि पुनः नेपाली रु १२०० रुपैया दिनु पर्ने र सो पावर बैंकको बजार मुल्य ३२०० पर्ने उनीहरुले बताउँछन् । उनीहरुले पावर बैंकमा हाल चार्ज नभएको र घरमा लगी ४/५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनि मानिसहरुलाई बताउँछन् । ५० रुपैयाँको चिठ्ठामा ३२ सय पर्ने चिज १२ सयमा पाउने भएपछि खुसीहुँदै घरमा लगेर मानिसहरुले पावर बैंक घरमा लगेर घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि आफू ठगिएको शंका गर्न थाल्छन् ।

चार्ज नभएको पावर बैंकलाई खोलेर हेर्दा भित्र माटोमात्रै भेटिएपछि उनीहरुलाई बल्ल मात्रै आफू ठगिएको पत्ता लाग्छ । आफू ठगिएपछि प्रहरीमा उजुरी आएसँगै अनुसन्धानका लागि पक्राउ गरिएका भारतीयको साथबाट झुक्क्याउन राखिएको सामग्रीहरु फेला परेको हो । उनीहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित