लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालले मनायो ११३ औँ बार्षिक उत्सव

लुम्बिनी प्रदेशका स्वाथ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरुले बिरामीलाइ भरोसा दिलाउन सक्नेगरि उपचार गर्नुपर्ने बताएका छन् ।बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १३ औ बार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्वपूर्ण अस्पताललाई विशिष्टकृत अस्पताल बनाउनुपर्ने बताए ।

सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना विशिष्टकृत अस्पताल बनाउने उनको भनाइ छ । गुरुयोजना अनुसार नै अस्पतालको स्तरोन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिए ।

आर्थिक राजधानीको लागि अस्पताल कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुनुपर्ने धारणा राखे ।

‘डाक्टर, नर्स,सरसफाइकर्मीसम्मले लय मिलाएर काम गरौं,बिरामीमा घरको रिस नपोखौं, सिमित साधनस्रोतको उच्चतम प्रयोग गरौँ ।’ उनले भने ।
पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताए ।

उनले सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहेने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गरे। कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताए ।

उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गरे । कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई ,नेकपा माओबादी केन्द्रका रुपन्देही इन्चार्ज निर्मल जिसी, पूर्व मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले अस्पतामा राजनीति गर्न नहुने बताएका थिए ।

सो कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न प्रतियोगितामा उत्कृष्ट बनेका कर्मचारीहरुलाइ सम्मान समेत गरिएको थियो ।

४० लाख जनसंख्यालाई सेवा ,अस्पतालको इतिहास यस्तो छ :

लुम्बिनी प्रादेशिक अस्पताल आफ्नो सेवाको ११३ औँ बर्षमा प्रबेश गरेको छ । यो अस्पताल आज भन्दा ११२ बर्ष पहिले स्थापन भएको हो ।

तत्कालिन राण प्रधानमन्त्री श्री ३ चन्द्र समशेर ज.व.रा को पालामा वि.स १९६७ फागुन १५ गते सेन वंशी राजा मणिमुकुन्द सेनको दरवारमा (हालको पारि बुटवल फुलवारी पार्क) २ जना भारतीय चिकित्सक र ६ शैयाबाट शुरु भएकोमा वि.स.१९९८ सालमा रक्तसंचार गृह रकेको स्थान हुदै बुटवल उप–महानगरपालिका वडा नं.६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।

विभिन्न आरोह अवरोह पार गर्दै १०० बर्ष भन्दा बढि समय सम्म निरन्तर यो अस्पतालले विशेषज्ञहरुबाट स्तरीय छिटो, छरितो स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

यस अस्पतालले साविकका लुम्बिनी अञ्चलका सबै जिल्ला लगायत स्याङ्जा,बाग्लुङ्ग, पर्वत, प्यूठान, रोल्पा, दाङ्ग लगायतका जिल्लाका बासिन्दा तथा महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्गमा ओहोर दोहोर गर्ने मानिसहरुलाई समेत विभिन्न किसिमका विशेषज्ञ सेवाहरु उपलब्ध गराउदै आएको छ । यस अस्पतालले यो प्रदेश तथा छिमेकी प्रदेशका जिल्लाहरुका करिब चालिस लाख जनसंख्यालाई सेवा उपलब्ध गराउदै आएको छ ।

जनसंङ्ख्या वृद्धि, तिव्र बसाईसराई, नागरिकको स्वास्थ्य चेतनामा भएको वृद्धि, स्वास्थ्यको सहजता र सर्वसुलभता जस्ता कारणले यो अस्पतालमा विरामीको चाप थेग्नै नसकिने गरी बढ्न गएकोले अहिलेकै भौतिक संरचना, स्वास्थ्य उपकरण तथा जनशक्तिबाट स्तरीय तथा छिटो छरितो स्वास्थ्य सेवा प्रवाह गर्न कठिन छ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालाई प्रदेशकै विशिष्टीकृत अस्पतालको रुपमा रुपान्तरण गर्ने घोषणा गरिसकेको छ । प्रदेश सरकारको घोषण बमोजिम विशिष्टीकृत अस्पतालको रुपमा अगाडी बढाउन आवश्यक प्रकृया समेत अगाडी बढिसकेको छ ।

प्रदेश सरकारको मुख्य योजनाको रुपमा अस्पताललाई विशिष्टकृत सेवा दिने स्तरको रुपमा विकास गर्न मुख्य भवन भएको ठाउमा १० तले ७०० वेड क्षमताको अत्याधुनिक भवनको निमार्ण कार्य अघि बढ्दै छ भने न्युनतम सेवा मापदण्डमा सेकेन्डरी बि अस्पतालहरुमा यस लुम्बिनी प्रादेशिक अस्पताल निरन्तर नेपालमै प्रथम स्थान हासिल गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित