लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु

बुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ ।
गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो ।
पहिरो प्रभावित क्षेत्रको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नं. ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीयबासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीब्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने भएको हो ।
प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउनका लागि सबै प्रयास गरिने बताए । उनले आगामी वर्षायाममा स्थानीयलाई जोखिम हुन नदिनका लागि पहिरो नियन्त्रण गर्ने, पहिरोसहित आएको लेदो बग्ने नाली बनाउने, सुरक्षाका लागि पर्खाल लगाउनेजस्ता काम शुरु भएको बताए ।
पहिरोले बस्तीमा झारेको लेदो हटाउने र चुरेबाट सिर्सिने र भल बनेर बग्ने पानीको वहावलाई बस्ती भन्दा बाहिरै फर्काउन विभिन्न ठाउँमा चेक ड्याम र खोल्सी बनाउने काम शुरु भएको उनको भनाई छ ।
‘यो क्षेत्रका बासिन्दाले सुरक्षित रुपमा बस्न पाउने अधिकार सुरक्षित गर्नका लागि हामीले सक्दो प्रयास गरेका छौं, उनले भने–यो पहिरोको जोखिम धेरै नै ठूलो हुनसक्ने भएकाले यसमा प्रदेश र संघले पनि हामीलाई साथ दिनुपर्छ, हामी सँगसँगै यो पहिरो नियन्त्रण गर्न सक्छौं ।’
अहिले ज्योतिनगर र मिलन पथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताईन ।
पहिरो नियन्त्रणका लागि चालु अािर्थक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तरगत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्ने गरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताए ।
यसवर्ष भएको कामले विगतमा जस्तो बाढीको जोखिम नहुने ज्योतिनगर मिलनपथ पहिरो नियन्त्रण समितिका अध्यक्ष दीपक थापा पुलामीले बताए ।
‘बुटवल उपमहानगरपालिकाबाट अहिले पहिरो नियन्त्रणका लागि एकदमै चासो दिनुभएको छ, उनले भने–गएको वर्षायाममा निरन्तरको प्रयासले बाढीपहिरो बस्तीमा पस्न पाएन, आगामी वर्षायामहरुमा पनि जोखिम कम गर्ने र बस्तीलाई सुरक्षित बनाउन सबै प्रयास गर्छौं भन्नुभएको छ, यसले हामी यहाँका बासिन्दालाई सुरक्षित महसुस गराएको छ ।’
ज्योतिनगर पहिरोको जोखिम न्यूनीकरण गर्नका लागि यसपटक बुटवल उपमहानगरपालिकाले थालेको प्रयासले बस्ती सुरक्षित हुनेमा स्थानीय खगेश्वर न्यौपाने विश्वास व्यक्त गरे ।
‘विगतमा जसरी क्षति भयो, अब त्यस्तो क्षति हुनेछैन भन्ने विश्वास हामीलाई लागेको छ, रातदिन खटेर भएपनि जोखिम कम गर्न प्रयास गर्छौं भन्ने कुराले हामीलाई विश्वास लागेको छ ।’ उनले भने ।
गतवर्षको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित