३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरको दशौँ सभा सम्पन्न, समृद्ध नगर बनाउन साझा संकल्प

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको छ । सभाले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल सम्म पुँजीगत र चालू तर्फ खर्च भएको सार्बजनिक गरिएको छ ।

शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन क्षेत्रको बिकास संगै नीति निर्माण,योजना संशोधन,योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको प्रस्तुत प्रतिवेदन मार्फत नगरपालिकाका मेयर सजरुद्धीन मुसलनमानले बताएका छ्न ।पर्यटन क्षेत्र संगै भौतिक पुर्बाधारका कामले निरन्तरता पाएको जिकिर गर्दै चुनावको बेला बाचा गरेका योजनाले मुर्त रुप लिने मेयर मुसनलमानले बताए । मेयर मुसलनमानले पालिकालाई नमुना पालिका बनाउन सबैको सहयोग र साथ आबस्यक रहेको उल्लेख गरे ।

समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधी,कर्मचारी र स्थानीयहरुको सहयोग र साथ आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले बताए । साना तथा ठुलो गौरवको आयोजनालाई पुर्णता दिन नगर लागी परेको बताउदै केही योजनालाई संशोधन गदै जाने बताए ।कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजन,वडा न.१ देखि १३ सम्मका जनप्रतिनिधिहरु,कर्मचारी सुरक्षाकर्मी तथा पत्रकारहरुको उपस्थिति सो सभा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित