प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

रेसुंगा विमानस्थलमा नियमित उडान हुने, बुधबार नेपाल एयरलाइन्स जाँदै

गुल्मीको नयाँ विमानस्थल रेसुंगामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ ।

रेसुंगा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुंगा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भएको छ । सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्ने छ ।

त्यसपछि हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको छ । निगमका अनुसार गुल्मी जाँदा निगमको ट्वीनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कंदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थातः १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रतिउडान/अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुंगा नगरपालिकाले गरेको हो ।

काठमाडौंबाट करिब १ घण्टाको दुरीमा रेसुंगा विमानस्थल पुग्न सकिन्छ । नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो । सफल परीक्षण उडानपछि ताराले समेत यहाँ उडानको तयारी गरेको थियो । तर, पोखरामा यतीको जहाज दुर्घटना भएपछि कम्पनीले आफ्नो योजना पछाडि धकेलेको छ ।

रेसुंगा नगरपालिका र निगमको सम्झौतामा साक्षी बसेका वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार यहाँ निजी कम्पनीको तुलनामा निगमले झण्डै २ हजार रुपैयाँ कम भाडामा यात्रु बोक्ने भएको छ । टिकट दर तोक्ने जिम्मा भने निगमलाई नै दिइएको छ । गुल्मीको सदरमुकाम तमघासबाट ५ किलोमिटर दूरीमा अवस्थित यो विमानस्थल यस भेगकै पहिलो विमानस्थल हो ।

नियमित उडान सफल भएमा गुल्मी, अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पासहितका जिल्लाका यात्रुले सेवा पाउँछन् । गुल्मीमा यसअघि इलाम र बागलुङमा अपनाइएको अवधारणामा उडान हुन लागेको हो । ती दुई विमानस्थलले भने नियमित यात्रु पाउन भने सकेनन् । सोहीकारण सम्झौता सकिएपछि त्यहा उडान समेत हुन सकेको छैन ।

गुल्मी विमानस्थलको २०६३ सालमा तत्कालीन पर्यटन मन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । उनी अघिल्लो प्रतिनिधिसभामा यसै क्षेत्रमा प्रतिनिधि समेत थिए । यहाँ ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग बनेको छ । जहाँ १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । यस्तो जहाजहरु नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित