लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सन्दीपलाई तत्काल विदेश जान सर्वोच्चले दिएन अनुमति, आइतवार दुवै रिटमा सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेले तत्काल विदेश जान नपाउने भएका छन्। सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ।

सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेश गरेर आइतबारका लागि पेशी तोक्न भनेको हो।

सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै युएई जान नपाउने भएका छन्। नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ।

जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए। तर उनको अपिल अनुसार आदेश हुने नहुने भन्ने टुंगो लाग्न समय लाग्ने भएको हो।

उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितको तर्फबाट उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन गरेको छ। सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नु पर्ने पीडित पक्षको माग छ।

आइतवार उनको पक्षमा आदेश आएमा बाँकी खेलका लागि उनलाई युएई लाने क्यानको तयारी छ। नेपालले पहिलो खेल सोमबार खेल्दैछ। सन्दीपले त्यो खेल गुमाउने भने पक्का भएको छ।

त्यहाँ पपुवान्युगिनी र युएईसँग नेपालले ४ खेल खेल्नेछ। त्यसपछि कीर्तिपुरमा हुने ४ खेल भने सन्दीपले खेल्न पाउनेछन्।

यसअघि नामिविया र स्कटल्याण्डविरुद्ध भएका ४ खेलमा सन्दीप पनि सहभागी थिए। उनी उक्त सिरिजका सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्।

सन्दीपमाथिको प्रतिबन्ध हटाइदिन क्यानले पनि अपिल गरेको थियो। नेपाली टिमका व्यवस्थापक विनोद दासले इजलासमै पुगेर सन्दीपलाई नेपाल फर्काउने जिम्मा आफ्नो हुने बताएका थिए।

उनले पनि सन्दीपलाई राष्ट्रका तर्फबाट खेल्न युएई जान अनुमति दिन आग्रह गरेका थिए। तर न्यायाधीश खतिवडाले इजलासबाट सन्दीपको क्रिकेट करिअर अघि बढोस् भन्ने चाहे पनि कतिपय अफ्ठ्यारा र प्रक्रिया रहेको बताएका थिए।

बहसका क्रममा सन्दीपविरुद्ध दुईतिर मुद्दा चलिरहेको अवस्थामा जोखिम मोलेर विदेश जान अनुमति दिने विषय गम्भीर भएको तर्क न्यायाधीशले गरेका थिए।

आइतबार दुवै रिट सँगै राखेर पेश गरिनेछ। शुक्रबार सरकारकातर्फबाट दायर रिट पनि अर्को इजलासमा पेशी तोकिएको थियो। तर हेर्न नभ्याइएकाले सुनुवाइ हुन सकेको थिएन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित