लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

शाइन आर्थिक पत्रकारिता पुरस्कार माधव नेपाललाई

बुटवल । बुटवलका पत्रकार माधव नेपालले शाइन रेसुंगा उत्कृष्ट बैंकिङ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले स्थापना गरेको उक्त पुरस्कार बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसंगको सहकार्यमा स्थापित पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयां रहेको छ ।
बैंकले पत्रकार महासंघ रुपन्देहीमा ५ लाख रुपैयांको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको ब्याजबाट गत वर्षदेखि पुरस्कार वितरण गर्न थालिएको हो ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार नेपाल बीबीसी नेपाली सेवा र बुटवल एफएममा कार्यरत छन् ।
बैंकका अध्यक्ष थानेश्वर पौडेल,प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार नेपाललाई पुरस्कार राशीको चेक र कदर पत्रले पुरस्कृत गरेका हुन् ।
वार्षिकोत्सवको अवसरमा बैंकले गुल्मीको बलेटक्सार र तिलोत्तमाको ज्योतिनगर शाखालाई उत्कृष्ट ग्रामीण शाखाका रुपमा पुरस्कृत गरेको छ ।
समारोहमा बैंकले डिजिटल क्रेडिट कार्ड शुभारम्भ गरेको छ ।
पुरस्कार वितरण समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ, राष्ट्र बैंकको मार्गनिर्देश अनुसार अघि बढेकाले शाइन रेसुंगा काठमाडौं उपत्यका बाहिर प्रधान कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको उल्लेख गरे । बैंकहरु लगानीकर्ताको नभई जनताको (निक्षेपकर्ताको ) हो भन्ने तथ्यलाई आत्मसाथ गरेकाले बैंक सबैंको विश्वसनीय र रोजाईको बैंक बन्न सफल भएको उनले बताए ।
बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवका अवसरमा १४ हजार बृक्षरोपण गरेको, डिजिटल बैकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरी ३० वटा कार्यक्रममा ३ हजार बढीलाई सहभागी गराएको,वन वाटिकाको टिकटिङलाई अनलाइन गरिएको र डिजिटल स्कूल परियोजना अन्तर्गत १५ वटा सरकारी विद्यालयमा २० लाख रुपैयां बराबरको उपकरण प्रदान गरेको बताए । यस्तै शाइन उद्यमशीलता कार्यक्रम अन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थी र युवालाई उद्यमशील बनाउन र स्वरोजगार अभिबृद्धि गर्न ३३ वटा क्याम्पसमा उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम गरेको बताए । प्रदेश १ र २ वाहेक ५ वटा प्रदेशका २० जिल्लामा ८८ वटा शाखा रहेकामा बैंकका ६० प्रतिशत शाखाहरु ग्रामीण क्षेत्रमा रहेका बैंकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित