३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रामग्राम नगरपालिका– १ को वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिदैं

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ ।

अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप लगाएका छन् । वडा कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको स्थानीयले जानकारी गराएपछि प्रहरीले काठ बरामद गरेको छ ।

बरामद काठ डिभिजनल वन कार्यालय परासीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए । बगैंचा क्षेत्र रहेको १४ कठ्ठा सार्वजनिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्रसँगै वडा कार्यालयको भवन निर्माण गरिएको छ ।

वडा कार्यालय परिसरबाट अवैध रुपमा काटेर अन्यन्त्र लैजान लागेको अवस्थामा टेक्टरसहित १६३ क्विफिट गोलिया काठ बरामद भएको डिभिजनल वन कार्यालयका सहायक वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए ।

काठसहित ६ जना व्यक्तिसमेत पक्राउ परेका छन् । अनुमति नलिई काठ काटिएको उनले बताए । काटिएका काठमा सबैभन्दा धेरै सिमल छन् । केही जामुन र आँप रहेका छन् ।

वडाअध्यक्ष रुद्र प्रकाश उपाध्यायले केही महिना अघि उक्त क्षेत्रको काठ काट्नका लागि नगरपालिकामार्फत वन कार्यालयसँग अनुमति माग्ने निर्णय भएको बताए ।
अनुमति नपाउँदै काठ काटेको बारे आफू अनिवज्ञ रहेको उनको भनाई छ ।स्थानीय स–मिल (काठ मिल)मा बिक्रीका लागि पठाउने उद्देश्यले काठ काटिएको स्थानीयको आरोप छ । यसअघि पनि त्यसरी काटिएका केही काठ स–मिलमा पठाइएको स्थानीयको भनाई छ ।

तर वडाअध्यक्ष उपाध्यायले भने काठ काटेको बारे आफू अनविज्ञ रहेकाले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे । बरामद काठ, टेक्टर र व्यक्ति उपर जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको वन कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित