जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

रामग्राम नगरपालिका– १ को वडा कार्यालय परिसरका काठ अवैध रुपमा काटिदैं

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ ।

अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप लगाएका छन् । वडा कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको स्थानीयले जानकारी गराएपछि प्रहरीले काठ बरामद गरेको छ ।

बरामद काठ डिभिजनल वन कार्यालय परासीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिए । बगैंचा क्षेत्र रहेको १४ कठ्ठा सार्वजनिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्रसँगै वडा कार्यालयको भवन निर्माण गरिएको छ ।

वडा कार्यालय परिसरबाट अवैध रुपमा काटेर अन्यन्त्र लैजान लागेको अवस्थामा टेक्टरसहित १६३ क्विफिट गोलिया काठ बरामद भएको डिभिजनल वन कार्यालयका सहायक वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए ।

काठसहित ६ जना व्यक्तिसमेत पक्राउ परेका छन् । अनुमति नलिई काठ काटिएको उनले बताए । काटिएका काठमा सबैभन्दा धेरै सिमल छन् । केही जामुन र आँप रहेका छन् ।

वडाअध्यक्ष रुद्र प्रकाश उपाध्यायले केही महिना अघि उक्त क्षेत्रको काठ काट्नका लागि नगरपालिकामार्फत वन कार्यालयसँग अनुमति माग्ने निर्णय भएको बताए ।
अनुमति नपाउँदै काठ काटेको बारे आफू अनिवज्ञ रहेको उनको भनाई छ ।स्थानीय स–मिल (काठ मिल)मा बिक्रीका लागि पठाउने उद्देश्यले काठ काटिएको स्थानीयको आरोप छ । यसअघि पनि त्यसरी काटिएका केही काठ स–मिलमा पठाइएको स्थानीयको भनाई छ ।

तर वडाअध्यक्ष उपाध्यायले भने काठ काटेको बारे आफू अनविज्ञ रहेकाले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे । बरामद काठ, टेक्टर र व्यक्ति उपर जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको वन कार्यालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित