जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवल–नारायणगढ सडकः चार वर्षमा २६ प्रतिशत प्रगति

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ फोर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ । कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इञ्जिनियर धिरज ढकालले २६ प्रतिशत प्रगति भएको जानकारी दिए ।

राष्ट्रिय गौरवको सडक निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको करिब ४ महिनामा कार्य प्रगति मासिक २ प्रतिशतले वृद्धि गर्दै लगेको छ ।

चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५-०७६ मा फोरलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो । तोकिएको समयमा काम नसके पछि कम्पनीलाई सन्तोष जनक कार्य प्रगति देखाउने सर्तमा ३ सय ८४ दिनको समय सीमा पुनः थप गरिएको हो ।

सडक निर्माणका क्रममा फोरलेन सडकअन्तर्गतका १२ ठूला पूलमध्ये सबैमा फाउन्डेसन, फाइल फाउन्डेसनको काम सकिनै लागेको, सव स्टक्चर तथा सुपर स्टक्चरको काम भइरहेको बताइएको छ । यसैगरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पूलमा निर्माण कार्य भई रहेको इञ्जिनियर ढकालले बताए ।

कल्भर्टहरूमा २ सय १५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ ।
यसका साथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्म्याउने तथा मिलाउने काम भएको लोकाहा पूलदेखि डण्डा पश्चिमको पथ्थर खोलासम्मको करिब ८ किमी क्षेत्रमा बेस तथा सव बेसका काम भइरहेको ढकालले बताए ।

निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र हाल माटो तथा निर्माण सामग्रीलगायत कुनै समस्या तथा बाधा अवरोध रहेको छैन ।

यद्यपि सडक निर्माणको गति देखेर स्थानीयहरू अत्ताल्लिएका छन् । विभिन्न बहाना बनाई पहिलो पटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले उहीँ कछुवा गति जारी राखे फोरलेन सडक सम्पन्न हुन झण्डै थप तीन वर्ष लाग्ने जानकारहरू बताउँछन् ।
शहरी क्षेत्रमा ६ लेन, वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको छ ।

यसैबीच नारायणगढदेखि दाउन्नेसम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडक छेउका बासिन्दा र यात्रुहरू विगत ४ वर्षदेखि धुलैधुलोले पिरोलिएका छन् ।

निर्माण कम्पनीले पुनः ठेक्का नपाउँदासम्म परीक्षण र कार्य प्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ ।

सडकमा समय–समयमा पानी नहाल्दा धुलो उडेर सडकमा हिंड्दै गरेका सवारी साधन एक अर्को बीच नै नदेखिने स्थिति बनेको चालकहरू बताउँछन् ।
सडक असहज बन्दा सवारीसाधनको लागत समेत बढेको छ ।

एक जना ट्याक्सी चालक रामबहादुर कार्कीले सडक स्तरीय नहुँदा इन्धन बढी खर्च भइरहेको बताए । ‘इन्धन खर्च धेरै हुन्छ नै,’ उनले भने–‘गाडीका पाटपुर्जा बिग्रिएर लागत बढीरहेको छ ।’

धुलोले नागरिकहरु हैरान छन् । दैनिक जीवनयापनमै कठिन भइरहेको, स्वास्थ्यमा समस्या देखिने गरेको स्थानीयको गुनसो छ ।
अहिले बुटवलदेखि गैँडाकोट पूलसम्म नै सडक भत्किएको छ । दुबैतर्फ नालीको काम भइरहँदा बीच सडक पनि भत्काइएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित