३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कपिलवस्तुमा श्रीमतिसँग आफ्नै बुवालाई नग्न भेटेपछि छोराले गरे हत्या

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरमा ६४ वर्षीय वृद्धको हत्या आरोपमा छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । शितलापुर बस्ने मगरे पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धानका लागि छोरा र बुहारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजंग शाहीको कमान्डमा घटनास्थल पुगेको प्रहरी टोलीले मृतकको छोरा ३० वर्षीय मग्निराम पासी र २६ वर्षीय बुहारी मिमा पासीलाई नियन्त्रणमा लिएको हो । छोरा र बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा छोराले नै बुबाको हत्या गरेको प्रारम्भिक जानकारी हुन आएको प्रहरी निरीक्षक शाहीले बताए । मँगलबार विहान ११ बजे पसलबाट घरमा खाना खान गएको समयमा छोराले आफ्नै श्रीमतीसँग बुवा (मृतक मगरे)लाई नग्न अवस्थामा देखेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा बयान प्राप्त भएको प्रहरीले जनाएको छ ।

श्रीमतिलाई नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन (मँगलबार) राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको भनि आरोपितले बयान दिएका छन् । घटनाको अर्को दिन बुधबार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना प्राप्त भएको प्रहरी निरीक्षक शाहीले बताए । मृतक मगरे पासीको शरिरमा चोट समेत देखिएको छ । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित