जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

कपिलवस्तुमा श्रीमतिसँग आफ्नै बुवालाई नग्न भेटेपछि छोराले गरे हत्या

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१० शितलापुरमा ६४ वर्षीय वृद्धको हत्या आरोपमा छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । शितलापुर बस्ने मगरे पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटना शंकास्पद देखेपछि प्रहरीले अनुसन्धानका लागि छोरा र बुहारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजंग शाहीको कमान्डमा घटनास्थल पुगेको प्रहरी टोलीले मृतकको छोरा ३० वर्षीय मग्निराम पासी र २६ वर्षीय बुहारी मिमा पासीलाई नियन्त्रणमा लिएको हो । छोरा र बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा छोराले नै बुबाको हत्या गरेको प्रारम्भिक जानकारी हुन आएको प्रहरी निरीक्षक शाहीले बताए । मँगलबार विहान ११ बजे पसलबाट घरमा खाना खान गएको समयमा छोराले आफ्नै श्रीमतीसँग बुवा (मृतक मगरे)लाई नग्न अवस्थामा देखेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा बयान प्राप्त भएको प्रहरीले जनाएको छ ।

श्रीमतिलाई नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन (मँगलबार) राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको भनि आरोपितले बयान दिएका छन् । घटनाको अर्को दिन बुधबार बिहान ८ बजे मात्र प्रहरीलाई सूचना प्राप्त भएको प्रहरी निरीक्षक शाहीले बताए । मृतक मगरे पासीको शरिरमा चोट समेत देखिएको छ । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित