रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

वन वाटिकाको टिकट अब अनलाइनबाटै

शाइन रेसुंगा बैंकद्वारा क्युआर कोड र स्क्यान मेशिन हस्तान्तरण
बुटवल । लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत हुने भएको छ । यसका लागि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आईएमएस मार्फत अनलाइन टिकटिङ सफ्टवेयर निर्माण गरी वनवाटिकालाई उपलब्ध गराइसकेको छ ।
बुधबार वन बाटिकामा आयोजित एक समारोहबीच शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले अनलाइन टिकटिङ सिस्टमको क्यूआर कोड र चारवटा स्क्यान मेशिन वन वाटिकालाई हस्तान्तरण गरेको छ ।
सो अवसरमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रविधिको उच्चतम प्रयोगबाट नै ब्यक्ति, संस्था र देशको आर्थिक कारोबार सुरक्षित, व्यवस्थित र पारदर्शी हुने भएकाले सबै आर्थिक कारोबारहरु डिजिटलाइज गर्दै जानु समयको आवश्यकता भएको बताए ।
डिजिटिल बैकिङले नगद बोकेर हिंड्नुपर्ने झन्झटको अन्त्य र सुरक्षित पनि हुने मात्र नभई नगद पैसा छाप्दा हुने राज्यको अरबौ खर्च जोगिने भएकाले सिंगो देशलाई डिजिटलाइज बैकिङ प्रणालीमा लैजान सबैको ध्यान जानुपर्ने पौडेलले औंल्याए । बैंकहरुले व्यवसायसंगै सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आएका र अर्थतन्त्रको एउटा विश्वसनीय माध्यम भएकाले नाफामुलक संस्था मात्रै भनेर बुझ्न नहुने आग्रह गरे । वन वाटिकासंग आगामी दिनमा थप सहकार्य गर्ने पौडेलले बताए ।
वनवाटिकाका अध्यक्ष बेलप्रसाद शर्माले संस्थाले तीन वर्ष अघिदेखि नै अनलाइन टिकटिङमा जाने सोंच बनाएपनि कोरोना महामारीका कारण ढिलाई भएको भन्दै अनलाइन टिकटिङ सिस्टमले संस्था प्रविधियुक्त र आर्थिक कारोबार पारदर्शी हुने बताए । उनले वन वाटिकामा एक वर्षमा करिब साढे ३ लाख पर्यटक घुम्न आउने गरेकाले अनलाइन बैकिङले टिकट काट्न लाइनमा बस्न नपर्ने बताए ।
बैंककी प्रमुख सञ्चालन अधिकृत नम्रता थापाले अहिलेको युग सूचना प्रविधिको भएकाले आफ्नो सेवा तथा सुविधालाई प्रविधिसँगै जोड्दै जाँदा त्यसबाट सेवा प्रदायक संस्था र सेवाग्राही र उपभोक्ता दुवैलाई सहज हुने र समयको वचत हुने बताइन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानी प्रर्वद्घनलाई अभियानकै रुपमा अगाडि बढाएकोे उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।
सो अवसरमा बैंकका ब्राण्डिङ तथा मानव संसाधन विभाग प्रमुख प्रभास राई,प्रमुख प्रविधि अधिकृत शैलेश कुमार श्रीवास्तव, र्ईसेवा क्षेत्रिय प्रबन्धक कमल सापकोटा र आइएमएसका शाखा प्रबन्धक आशिष भुसालले काठमाडौं बाहिर प्रधान कार्यालय रहेको र लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो शाखा सञ्जाल र धेरै ग्राहक भएको शाइन रेसुंगाले नेपाल राष्ट्र बैंकको नीति अनुसार डिजिटल बैंकिङ साक्षरता र डिजिटल भुक्तानीलाई प्राथमिकताका साथ प्रवद्र्धन गरेको उल्लेख गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित