दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

कार्यसम्पादन मूल्यांकनमा गुल्मीमा मदाने गाउँपालिका पहिलो

कार्यसम्पादन मूल्यांकनमा गुल्मीमा मदाने गाउपालिका उत्कृष्ट देखिएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकन मदाने गाउँपालिका जिल्लामा पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा हिजो सार्वजनिक गरेको प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन सूचकको मूल्याङ्न प्रतिवेदनका आधारमा गुल्मी जिल्लामा मदाने गाउँपालिका ७६.०१ अंक प्राप्त गर्दै प्रथम र देशभरकै गाउँपालिकामध्ये छैटौँ स्थानमा परेको छ ।
त्यस्तै रेसुङ्गा नगरपालिकाले ७३.६८, गुल्मीदरबार गाउँपालिकाले ७१.४८ र छत्रकोट गाउँपालिकाले ७१.८१ अंक प्राप्त गरेका छन् । सबैभन्दा कम कालिगण्डकीले ५७.१७ अंक ल्याएको छ भने अन्य पालिकाहरूको अंक ६०.०१ देखि ६९.९९ को बीचमा रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित