
बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले कपिलबस्तुको बुद्धभुमी नगरपालिका ३ मा रहेको सरास्वती विद्यालयका बालबालिकालाई भाग्य बोक्ने झोला वितरण गरेको छ । बुद्धभुमि नगरपालिका वाड न. ३ को कार्यालय को सहकार्यमा सरस्वती आधारभूत विद्यालयका अति बिपन्न तथा जेहेन्दार बालबालिका लाई शिक्षा अभियान (शैक्षिक सामाग्री) सहयोगार्थ अन्तर्गत ‘भाग्य बोक्ने झोला वितरण कार्यक्रम गरेको हो ।
पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनीको अध्यक्षता र बुद्धभुमि न. पा. वाड न. ३ का वाड अध्यक्ष गोबिन्द आचार्य (बिकास) को प्रमुख आथित्यता मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि मिना थारु, कमला बि.क. , राजकुमार थारु, वाड सचिब शिवरतन थारु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज गैर, विद्यालयका प्राचार्य राम बहादुर के.सि , गोकर्ण पोख्रेल, बिधालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष लगाएतले बोलेका थिए ।
पहिलो पाईला नेपालले सरस्वती आधारभूत विद्यालयमा अध्यनरत ४९ जन बिद्यार्थी लाई झोला बितरण गरिएको कार्यक्रम संयोजक सन्तोष बञ्जाडेले बताए ।
कार्यक्रम सस्था कि उपाध्यक्ष लक्ष्मी के. सिको स्वागत तथा सचिब गोमा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।