दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

‘गौतमबुद्ध विमानस्थल चलेन भनेर हरेश खानु भएन, रिजनल हब बन्छ’

परासी। पर्यटन व्यवसायी वसन्तराज मिश्रले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले राम्रोसँग संचालनमा नआएपनि भविष्यमा ठूलो परिवर्तन ल्याउने बताउँदै उनले भने,’यो विमानस्थल आगामी दिनहरुमा पर्यटनका लागि एउटा ‘रिजनल हब’ मा विस्तार हुन सक्ने सम्भावना छ।’

पर्यटकका लागि पहिलो प्रवेश नै विमानस्थल भएका कारण राज्यले विमानस्थल प्रचार प्रसारलाई मुख्य प्राथमिकता दिन आवश्यक रहेको उनले जानकारी दिए।

उनले पर्यटन पुर्वाधार विस्तारसँगै तीन गन्तब्यलाई ‘मिनी गोल्डेन ट्र्याङ्गल’ बनाउन सकिने बताए। हाल विस्तार हुँदै गएको पुर्व पश्चिम राजमार्ग, संचालनमा आइसकेको थप दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत लुम्बिनी, चितवन र पोखरालाई ‘मिनी गोल्डेन ट्र्याङ्गल’ बनाउन सकिने मिश्रको जिकिर छ।

‘दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसकेका छन्। तीनवटै गन्तब्यविच पहुँच विस्तार भएसँगै पर्यटकका लागि विशेष प्याकेज तयार गर्न सकिन्छ,’उनले भने,’सुरुमै विमानस्थल चल्न सकेन भनेर हरेस खानुभएन। विमानस्थल प्रचार प्रसार नै ठूलो कुरा हो। यसमा केन्द्रित रहेर अगाडी बढ्न आवश्यक छ।’

टेम्पल टाइगर ग्रिन जंगल रिसोर्टमा आयोजित औपचारिक कार्यक्रममार्फत चितवन राष्ट्रिय निकुञ्जमा हरेक क्षेत्रमा एउटै नीति लागू गर्न आवश्यक रहेको बताए। निकुञ्जले पुर्वदेखि पश्चिमसम्म एउटै नीतिगत व्यवहार लागू नहुँदा समस्या भइरहेको मिश्रले बताए।

‘चितवनको पूर्वदेखि पश्चिमसम्म निकुञ्जमा एउटै नीति हुनुपर्छ। कर्मचारीको लहडका भरमा नीति र विभिन्न किसिमको नियम निर्धारण गरिनु प्रत्युत्पादक हुन्छ र हुनेछ,’ उनले भने,’निकुञ्ज क्षेत्रमा नियम कानुन भनेको मौखिक आदेशको आधारमा छ। कसैसँग चित्त बुझेन भने निकुञ्जको बाटो नै बन्द गरिदिने, महिनौसम्म खुला नगरिदिने, कसैसँग चित बुझेमा चाँडै खुला गरिदिने र अन्य थप सुविधा पनि प्रदान गर्ने परिपाटी हटाउनु पर्छ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित