लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

झुम्सा–चरङ्गे सडक निर्माण : ५ वर्षमा ४० करोड खर्च

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा–दोभान खण्डको वैकल्पिक मार्गका रूपमा पाँच वर्षअघि झुम्सा–चरङ्गे सडक निर्माण सुरु गरियो । यस अवधिमा १५ किलोमिटर सडक निर्माणका लागि ४० करोड बढी रकम खर्च भइसकेको छ । तर लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रहेको यो सडकमा चार महिनाभन्दा बढी गाडी चल्नसक्ने अवस्था छैन ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रको जोखिम कम गर्न पाँच वर्षअघि पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सादेखि चौकीभञ्याङबाट चरङ्गे हुँदै महेन्द्र राजमार्ग जोड्न वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्न सुरु गरिएको हो ।

पहिलो वर्ष जिल्ला समन्वय समितिको अगुवाइमा तानसेन नगरपालिका, तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिका साथै रूपन्देहीको देवदह नगरपालिकाको सहयोगमा ट्रयाक खुलेको हो ।

चुरे क्षेत्रको घना जङ्गलमा प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरी सोझै डोजर लगाएर ट्रयाक खोलिँदा यहाँ अत्यधिक पहिरो खस्ने समस्या आएको छ । झुम्सादेखि चौकी भञ्ज्याङसम्मको सात किलोमिटर क्षेत्रमा सवारी साधन गुडेपनि चौकीभञ्ज्याङदेखि चरङ्गेसम्मको आठ किलोमिटर सडक कन्त बिजोग छ ।

चुरे क्षेत्रमा डोजर लगाउादा सम्भाव्यता अध्ययन गरिएन । राजनीतिक खिचातानीमा सडक बनाउँदा कमजोर भू-बनोट भएको चुरेमा पहिरो खस्ने, जङ्गल मासिने, भूस्खलनको समस्या छ । नाली निर्माण, टेवा पर्खाल, पहिरो रोकथामका काम विफल भएका छन् । ठेक्का लागेको क्षेत्रमा हरेक वर्ष काम भएपनि वर्षाले पूरै सडक बगाएर उस्तै बनाउँछ ।

वर्षायामको पहिरोले चुरे क्षेत्रमा सडक भासिँदा तल्लो भेगका बस्तीसमेत जोखिममा छन् । पाल्पातर्फ पुल, कल्भर्ट निर्माण, ग्राभेल, नाली निर्माणको काम अघि बढेपनि चौकीभञ्ज्याङदेखि चरङ्गेसम्मको चुरे जङ्गल क्षेत्रको सडक नाजुक छ ।

चुरे पहाडबाट सडक बनाउादा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्नेमा त्यस्तो हुन सकेन । त्यसैले सामान्य पानी पर्दासमेत यो सडकमा सवारी साधन गुडाउन मुस्किल पर्छ । संघीय सरकारले सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्मार्णका साथै रकनेट, रकसेड गर्ने गरी ठेक्का लगाई काम अघि बढाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित