लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर आज लाईभ कन्सर्ट

बुटवल । एचआईभि एड्सको न्यूनिकरण र कण्डमको प्रचारप्रसार स्वरुप बुटवलमा म्युजिक लाइभ कन्सर्ट गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा आज साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको हो ।
एड्स हेल्थ फाउण्डेसनको सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले जानकारी दिए ।

कण्डमको विषयमा जनचेतना जगाउन साँझ ४ देखि ८ बजेसम्म सञ्चालन गरिने कन्सर्टमा साउण्ड वेभ व्याण्ड, व्लु डायमण्ड सोसाईटि, न्यू सत्यसाई कला केन्द्र लगायतको प्रस्तुती रहने छ । त्यस्तै एचआईभि एड्स र कण्डम सम्बन्धि नाटक प्रदर्शन गरिने छ भने कण्डम वितरण र कण्डम सम्बन्धि विभिन्न खेलहरु खेलाईने एड्स हेल्थ फाउण्डेसनका कार्यक्रम संयोजक धर्मराज भट्टराईले बताए ।

उनका अनुसार नेपालमा प्रत्येक दिन नयाँ दुई जनामा एचआईभि संक्रमण हुन्छ । त्यस्तै सन् २०२१ को अन्तसम्ममा नेपालमा ३० हजार व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान गरिएको छ । त्यसमध्ये २३ हजार ७३५ जना पहिचान गरिएको छ । सन् २०२१ मा ६८० जना नयाँ व्यक्तिमा संक्रमण भएको अनुमान गरिएको छ । यो सन् २००० को तुलनामा ८४ प्रतिशतले कमी हो । सन् २००० मा ४ हजार ३७० नयाँ व्यक्तिमा संक्रमण अनुमान गरिएको थियो । सन् २०२१ को अन्तसम्ममा विश्वमा ३ करोज ८४ लाख व्यक्तिमा एचआईभि संक्रमण भएको अनुमान छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जनाले नियमित औषधि सेवन गर्दछन् । त्यसमध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी १ हजार ४७० र सबैभन्दा कम रोल्पामा ४४ जना छन् । त्यस्तै २०७८र०७९ मा लुम्बिनी प्रदेशमा ९८ हजार ४७६ जना गर्भवती महिलामा गरिएको परीक्षणमा एचआईभि संक्रमण भेटिएको थियो । एचआईभि एड्सको न्यूनिकरण गर्दै शुल्यमा झार्नको लागि असुरक्षित यौन सम्पर्क नहोस भन्ने उद्देश्यले कण्डमको पवर्द्धनात्मक अभियान स्वरुप कन्सर्ट गर्न लागिएको भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित