विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड गोकर्णको नेता कार्यकर्तालाई आग्रह ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’                
समाचार :

सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार पाण्डे सम्मानित

सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो मुक्ती बुटवलका समाचार प्रमुख अस्मिना पाण्डे सम्मानित भएकी छिन् ।

समितिले शनिबार आयोजना गरेको सिद्दबाबा मन्दिर विकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमको अवसर पारेर पाण्डेलाई तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , उपाध्यक्ष लालबहादरु थापा र समितिका अध्यक्ष दलबहादुर गुरुङ्गले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । पाण्डेले मन्दिरको प्रचार प्रसारमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष गुरुङ्गले बताए। पाण्डे रुपन्देहीमा रहेको रेडियो मुक्ती र लुम्बिनी सामुदायिक टेलिभिजनमा आवद्ध रहेर पत्रकारिता गर्दै आएका छिन् ।
पाण्डेले पछिल्लो समय सिद्धबाबाको प्रचार प्रसारमा टेवा पुर्याउने उदेश्यले प्रत्येक साताको शनिबार बिहान साढे ६ बजेदेखि सात बजेसम्म रेडियो मुक्ती बाट प्रसारण हुदै आएको कार्यक्रम सिद्धसन्देश उत्पादन गर्दे आएकी छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित