लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बेपत्ता छोराको आशामा बसेकी ७२ बर्षिय तुल्सा पाण्डे

बुटवल । नेपालमा १० बर्ष शसस्त्र द्वन्द्व भयो ।

१७ हजारले ज्यान गुमाए, हजारौ अंगभंग भए, कतिका सन्तान बेपत्ता पारिए ।

१० बर्षे जनयुद्ध पछि विस्तृत शान्ती सम्झौता भयो । देशमा लोकतन्त्र, गणतन्त्र आयो ।

तीन तहका सरकार बने । देश अहिले समृद्धिको अभियानमा छ । तर त्यहि द्वन्द्वको समयमा बेपत्ता पारिएका छोराको आशमा सैनामैना बासगढिकी ७२ बर्षिय तुल्सा पाण्डे बसिरहेकी छिन् ।

रुपन्देहीको सैनामैना स्थित बासगढि चोकबाट ३ सय मिटर भित्र गएपछि तुल्सा पाण्डेका घर छ । २०४५ सालमा गुल्मीको बाँझखर्कबाट तराई झर्नुभएकी तुलसाका श्रीमान् झविन्द्रको ०४४ सालमै हृदयघातबाट मृत्यु भयो ।

देशलाई परिर्वतन गर्ने भन्दै द्वन्द्वमा होमिएका तुल्साका जेठो छोरा दुर्गा र कान्छो छोरा युवराज अहिले साथमा छैनन । ०६० साल असोज १९ गते लुम्बिनीको सुन्डिया बाट पुलिसको गिफरतारीमा परेका युवराजको अहिले सम्म सास, लास केही पत्ता लागेको छैन् । तुल्सा कान्छो छोरा आउने आशामा १९ बर्ष देखि बसेकी छन् ।

कान्छो छोरा बेपत्ता भएको ५ महिनामै तुल्साका जेठा छोरा दुर्गा नेपाली सेनाबाट मारिए ।

सैनामैनाकै सेरुवामा ०६० साल फागुन १७ गते दुर्गालाई गोली हानी आर्मीले हत्या गरेको थियो । दुई सन्तान द्वन्द्वमा गुमाएकी तुल्साको घर अहिले सुनसान भएको छ । द्वन्द्वमा हतियार उठाएका माओवादी सत्तामा पुगेपनि शहिद तथा बेपत्ता परिबारहरुलाई केही सुविधा दिनुपर्ने माग तुल्साको छ ।


अभाव र शोकका बीच सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका छोराहरूको सम्झनामा कल्याणकारी तुल्साले काम गरेकी छिन्  । बासगढि बाट ३ सय मिटर अगाडि ‘शहीद तथा बेपत्ता स्मृति गेट’ तुल्साले छोरोको नाममा ३ लाखको लगानीमा तयार पारेकी छिन् ।

छोराहरु साथमा नभएपनि स्मृतिलाई ताजा बनाउन शहिद गेट बनाउनुभएकी तुल्सा अझै छोरा आउने आशमा अझै कति बर्ष सम्म रुदै कुर्नुपर्नेको थाहा छैन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित