लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा सम्झना शर्मा निर्वाचित

लुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार मायादेवी गाउँपालिका–८ स्थित क्लबको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनले पुष्पा खनाल (सम्झना शर्मा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल रायमाझी, श्यामशंकर पाण्डे, महासचिवमा शंकर प्रसाद पाण्डे, सचिवमा प्रकाश न्यौपाने र सह–कोषाध्यक्षमा पुनहरि बेल्बासे रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता, शशि पन्थी, मोहम्मद हबिब, विष्णु भट्टराई, पशुपति यादव र प्रतीक पौडेल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद ढकालले बताए । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी र तालिम समिति संयोजकमा उषा केसी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्न अहोरात्र खट्नुहुने टीमलाई धन्यवाद दिइन् । उनले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘यसअघि भएका राम्रो कार्यलाई निरन्तरता दिदै एकताबद्ध भएर अघि बढ्छौं ।’

अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए । २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३९ जना सदस्य आबद्ध रहेको क्लबका पूर्व कोषाध्यक्ष दीपक घिमिरेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित