निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनी प्रेस क्लबको अध्यक्षमा सम्झना शर्मा निर्वाचित

लुम्बिनी प्रेस क्लब, रुपन्देहीको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार मायादेवी गाउँपालिका–८ स्थित क्लबको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनले पुष्पा खनाल (सम्झना शर्मा) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल रायमाझी, श्यामशंकर पाण्डे, महासचिवमा शंकर प्रसाद पाण्डे, सचिवमा प्रकाश न्यौपाने र सह–कोषाध्यक्षमा पुनहरि बेल्बासे रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यहरुमा रबिन्द्र प्रताप गुप्ता, शशि पन्थी, मोहम्मद हबिब, विष्णु भट्टराई, पशुपति यादव र प्रतीक पौडेल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्ण प्रसाद ढकालले बताए । क्लबको लेखा समिति संयोजकमा शोभाकान्त रेग्मी र तालिम समिति संयोजकमा उषा केसी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष शर्माले कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गर्न अहोरात्र खट्नुहुने टीमलाई धन्यवाद दिइन् । उनले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘यसअघि भएका राम्रो कार्यलाई निरन्तरता दिदै एकताबद्ध भएर अघि बढ्छौं ।’

अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गरेका थिए । २०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा हाल ३९ जना सदस्य आबद्ध रहेको क्लबका पूर्व कोषाध्यक्ष दीपक घिमिरेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित