लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन

‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन भएको छ। नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरिरहेका ६२ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो।

उनी मस्तिष्काघात भई झण्डै एक महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थिए।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए।

विसं २०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ नामको समिति गठन गरेर अतिक्रमणका विरुद्व लागेका थिए।

यस क्रममा भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको पनि थियो।

गोपाल गुरुङको नेतृत्वमा बनेको ‘सुस्ता बचाऊँ अभियान’ले पटक–पटक सुस्ताको नेपाली भूमि बचाउन सरकारसँग लिखित रुपमा सहयोग मागेको थियो। स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गरिरहेको सुस्तालगायत अन्य ठाउँमा स्थायी सीमा स्तम्भ राख्न गोपाल गुरुङले पहल गरिरहेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित