रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

रुपन्देहीमा ८ लाख ६० हजार बराबरको सुनचाँदी राखेको सेफ नै चोरी

बुटवल । रुपन्देहीको कन्चन गाउपालिका वडा नं ५ गरगरेमा संचालित न्यू अर्घाखाँची सुनचाँदी पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार मध्यरातमा पसलको सटर फोरेर सेफ चोरी भएको हो । पसलधनी लालबहादुर बिश्वकर्माका अनुसार सेफमा ८ लाख बराबरको सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेका छन् ।

दुई सय पचास किलो भन्दा बढी वजन रहेको सेफ चोरी हुदा न त स्थानीयले थाहा पाए , न सीसीटिभी क्यामरमा कतै कैद भयो । कन्चन गाउपालिकाले बजार क्षेत्रमा सिसिटिभी राखेको भएपनि कुनै पनि चालु अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरिक्षक जगतनाथ मरासिनिले बताए ।

उनका अनुसार चोरी भएको ठाउँदेखि चार सय मिटर पश्चिम कपिलवस्तु जाने बाटोको कुलामा चाँदीको पाउजु र गहना राख्ने टेरे फेला परेको छ । प्रहरीले सर्च अभियान जारी राखेको जनाएको छ ।

यता सुनचादी ब्यबसायी संघ रुपन्देहीका महासचिब सिताराम रसाइलीले एक बिज्ञप्ती जारी गर्दै सुन पसलबाट सेफ नै चोरी हुनुले सिंगो सुनचाँदी ब्यबसायी आतंकित भएको उल्लेख गरेका छन । उनले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी चोरी भएको सुनचाँदी यथाशीघ्र बरामद गर्न माग गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित