निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

२८५९ औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली (फोटो फिचर)

बुटवल: २८५९औँ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ वेषभूषा र पहिचानसहितको झाँकी निकालेको छ। यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो वर्गलाई स्वागत गरेको रूपमा नयाँ वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मुख्य दिनमा आइतबार सोनाम ल्होछार मनाइएको हो।

पुष्पलाल पार्कमा दीप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएका थियो। र्‍याली दीपनगरस्थित तामाङ समुदायको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष राजेश घिसिङले बताए।

विसं २०५८ सालमा स्थापना भई तामाङ जातिलाई एकताबद्ध गरी रचनात्मक कार्यक्रम गर्दै आएको उनले दावी गरे। ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, वेषभूषा संरक्षणका लागि विविध कार्यक्रमहरू गर्दै आएको छौ’, उनले भने।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य वीरबहादुर लामाले सबै जातिको आ-आफनै इतिहास भएको भन्दै त्यसमा पनि तामाङहरू उत्कृष्ट र वैज्ञानिक संस्कृति, रीतिरिवाज अपनाउने जातिमा पर्ने दावी गरे।

नेपालमा २०१३ सालमा संस्थागत रूपमा देशभर संगठित भएर काम भएको उनले बताए।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष वीरमान लामाले रुपन्देहीमा सानो सङ्ख्यामा रहेका तामाङहरूबाट जातीय पहिचानसँगै सामाजिक कामहरू गर्दै आएको बताए।

मन्जुश्रीले उपत्यका बस्तीलाई बस्न योग्य बनाउँदादेखि नै तामाङ काठमाडौं वरपर बसोबास गर्दै आएको हुँदा पनि उनीहरूको पहिचान बेग्लै छ। नेपालका नौ वटा जिल्लामा तामाङहरू धेरै सङ्ख्यामा बसोबास गर्दै आएको उनले बताए।

तामाङहरूको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरू हुँदै आएको उनले बताए। नेपालमा तामाङहरू १६० भन्दा बढी थरहरू भएको र तिनले तीन प्रकारको भाषा बोल्ने उनले बताए।

देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरू छरिएर रहेका छन्। रुपन्देहीमा दुई हजार तीन सय जनसङ्ख्या रहेको अनुमान गरिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित