मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

भोलीदेखि बुटवलमा मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय महाधिबेशन हुंदै

बुटवलमा हुन लागेको नेपाल मगर विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिबेशनको तयारी पुरा भएको छ । आयोजक नेपाल मगर विद्यार्थी संघले बुटवलमा पत्रकार सम्मेलन गर्दै माघ ७ र ८ गते हुने महाधिबेशनको तयारी पुरा भएको जानाकारी दिएको हो ।
नेपाल मगर विद्यार्थी संघका अध्यक्ष बिष्णु कुमार थापा मगरले बुटवल बहुमुखी क्याम्पसमा हुने महाधिवेशनमा देशभरका ६०१ जना प्रतिनिधि सहभागी हुने बताए ।
उनले अहिले मगर विद्यार्थीहरु शैक्षिक सुचाङमा निकै पछाडि परेको बताउंदै विद्यार्थीको शैक्षिक गतिविधिलाई अझ अगाडि बढाउन विद्यार्थी संघले महत्वपुर्ण भुमिका निभाउनुपर्ने बताए । महाधिवेशनले नयां नेतृत्व समेत चयन गर्नेछ । महाधिबेशनमा केन्द्रीय समिति ५७ जना, प्रदेश समिति ४९, जिल्ला समितिबाट २०१ जना, विश्वविद्यालय समितिबाट २१ जना, आंगिक क्याम्पस समितिबाट ६४ जना, अतिथिहरु ९०, सल्लाहकार र संयोजक गरी ११९ महाधिबेशनमा सहभागि हुने अध्यक्ष मगरले बताए । महोत्सवमा कुल २१ लाख ४८ हजार भन्दा बढि रकम खर्च हुने आयोजकको जानाकारी दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित