जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

दाङमा रुख काट्ने काम कानूनविपरीत भएको एमसीए नेपालको ठहर

दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसिए नेपालले रुख कटान गरिएको क्षेत्र आफ्नो सडक मर्मत आयोजना भित्र पर्ने उल्लेख गरेको छ। साथै रुख कटान गर्ने विषयमा एमसिए नेपाललाई कुनै पनि जानकारी तथा परामर्श नगरिएको भन्दै कडा प्रतिवाद गरेको छ।

दाङको राप्ती गाउँपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गको २२ किमि सडकखण्ड छेउछाउका करिब १५ सय रुख काटिएको जानकारी प्राप्त भएको एमसिए नेपालले जनाएको छ।

उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै एमसिए–नेपाल र एमसीसीका अधिकारीहरू उक्त स्थानको स्थलगत निरीक्षणमा गएर स्थानीय अधिकारीहरूसँग भेटघाटका साथै आगामी कदमबारे निर्णय लिन समीक्षा गरिरहेको जनाएको छ।

घटनापछि आफ्नो परियोजना आसपासको रुख रातारात अनधिकृत रुपमा काटिएपछि एमसीसीले सडक मर्मतको योजनामा पुनर्विचार गर्ने भएको छ। सम्भवत अर्को हप्ता अमेरिकाले यसबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ।

अमेरिकी दूतावासले यो विषयलाई गम्भिरतापूर्वक लिँदै रुख काटिएको बारेमा अनुसन्धान अघि बढाइसकेको छ। यसरी अमेरिकी दूतावास नै सक्रिय हुनुको प्रमुख कारण थियो, ‘एमसीसीलाई बदनाम गराउन नियोजित रुपमा चालिएको कदम भन्ने थियो।’ एमसीसी परियोजना अन्तर्गत लमहीदेखि भालुवाङ सडक स्तरोन्नति हुँदैछ।

एमसीसी परियोजनाको सीमांकनमा पर्ने रुख रातारात काटिएपछि सरकारले समेत छानबिन अघि बढाएको छ। सडक विभागले जिल्ला प्रशासन कार्यालय दाङलाई छानबिन अघि बढाएर दोषीलाई कारबाहीको मागसहित पत्र लेखेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित