रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

दाङमा रुख काट्ने काम कानूनविपरीत भएको एमसीए नेपालको ठहर

दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसिए नेपालले रुख कटान गरिएको क्षेत्र आफ्नो सडक मर्मत आयोजना भित्र पर्ने उल्लेख गरेको छ। साथै रुख कटान गर्ने विषयमा एमसिए नेपाललाई कुनै पनि जानकारी तथा परामर्श नगरिएको भन्दै कडा प्रतिवाद गरेको छ।

दाङको राप्ती गाउँपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गको २२ किमि सडकखण्ड छेउछाउका करिब १५ सय रुख काटिएको जानकारी प्राप्त भएको एमसिए नेपालले जनाएको छ।

उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै एमसिए–नेपाल र एमसीसीका अधिकारीहरू उक्त स्थानको स्थलगत निरीक्षणमा गएर स्थानीय अधिकारीहरूसँग भेटघाटका साथै आगामी कदमबारे निर्णय लिन समीक्षा गरिरहेको जनाएको छ।

घटनापछि आफ्नो परियोजना आसपासको रुख रातारात अनधिकृत रुपमा काटिएपछि एमसीसीले सडक मर्मतको योजनामा पुनर्विचार गर्ने भएको छ। सम्भवत अर्को हप्ता अमेरिकाले यसबारे औपचारिक धारणा सार्वजनिक गर्नेछ।

अमेरिकी दूतावासले यो विषयलाई गम्भिरतापूर्वक लिँदै रुख काटिएको बारेमा अनुसन्धान अघि बढाइसकेको छ। यसरी अमेरिकी दूतावास नै सक्रिय हुनुको प्रमुख कारण थियो, ‘एमसीसीलाई बदनाम गराउन नियोजित रुपमा चालिएको कदम भन्ने थियो।’ एमसीसी परियोजना अन्तर्गत लमहीदेखि भालुवाङ सडक स्तरोन्नति हुँदैछ।

एमसीसी परियोजनाको सीमांकनमा पर्ने रुख रातारात काटिएपछि सरकारले समेत छानबिन अघि बढाएको छ। सडक विभागले जिल्ला प्रशासन कार्यालय दाङलाई छानबिन अघि बढाएर दोषीलाई कारबाहीको मागसहित पत्र लेखेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार