लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

थारू समुदायमा ‘माघी’ रौनक (तस्वीरहरु)

‘उठो अलबेली, बहारी डारो अँगना
कटे के बहर्नी, कटे के बहना
उठो अलबेली, बहारी डारो अँगना।’
अर्थात्

‘घरका जवान बुहारी उठ, आँगन बढार, कता छ कुचो, उठ बुहारी घर बढार।’ थारू समुदायको पर्व माघीको दिन घरका वृद्ध व्यक्तिले बिहानै उठेर गाउने गीत हो यो। यो गीत गाउँदै घरका मुली मान्छेले सबैलाई उठाउने चलन रहेको बताउँछन्, थारू संस्कृतीकर्मी अशोक थारू। उनका अनुसार घरका सबैभन्दा वृद्ध व्यक्तिले यो गीत गाउँदै अघि लाग्ने र उनको पछिपछि गाउँभरिका युवा, महिला, वृद्धाहरू उनको पछि लागेर मादल र खैजडी बजाएर नाच्दै खोलामा नुहाउन जाने प्रचलन थारू बताउँछन्। ‘हाम्रा पौराणिक तौरतरिका बिस्तारै दुर्लभ हँुदै गएको छ, जुन थारु समुदायको लागि निकै दुःखको कुरा हो,’ उनले भने।
माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ।

गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको पाइन्छ। चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने गरिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित