दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

नेपालकै सर्वोत्कृष्ट कालिका मानवज्ञान माविको अध्यक्षमा नित्यानन्द ज्ञवाली

नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान माविको व्यवस्थापन समिति अध्यक्षमा नित्यानन्द ज्ञवाली निर्वाचित भएका छन् ।
शुक्रबार विद्यालयमा भएको अभिभवाक भेलाले ज्ञवालीलाई ३ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअघि व्यवस्थापन समिति सदस्य एवं निर्माण समिति संयोजक थिए ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा इन्द्रमणि अर्याल, शान्ता गौतम,तेजेन्द्र खनाल,लक्ष्मी पौडेल रायमाझी र सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा (पदेन) निवाचित भएका छन् ।
वडा नं १० का जनप्रतिनिधि एक जना, शिक्षक प्रतिनिधि र मनोनित १ जना चयन गर्न बांकी रहेको सदस्य सचिव थापाले बताए ।
८ हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा भौतिक पुर्वाधार र शिक्षक दरबन्दी अझै अपर्याप्त रहेकाले ती समस्या समाधानमा पहल गर्ने नव निर्वाचित अध्यक्ष ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित