लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नमूना बन्दै चारपाला सामुदायिक वन

चारपाला सामुदायिक वनको साधारणसभा


बुटवल । बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको बताए । उनले पछिल्लो समय वन क्षेत्रमा ठूलो उपलब्धी हाँसिल भएको बताए ।
वन क्षेत्रको विकासमा पालिकाले धेरै योजनाहरू अगाडि सारेको जानकारी समेत सो अवसरमा बस्यालले दिए । नेपालको नमूना वनको रूपमा विकास भएको वनमा झण्डै १ लाख उपभोक्ताहरू आश्रित छन् । सैनमैना वन डिभिजन कार्यालयका प्रमुख मोसाफिर भगतले वन क्षेत्रको विकासमा सबै जुटनुपर्ने बताए ।


वनका अध्यक्ष जगतनाथ पौडेलले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । उनले वन पैदवार काठ तथा जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकता अनुसार वितरण गर्न र उद्योगमार्फत रोजगार प्रदेश सरकार मार्फत सह मिल सञ्चालन गरिएको बताए । वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताए । यो वर्ष पनि ५ हजार विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।


चारपाला वन नेपालकै नमूना र ठूलो वनमा पर्छ । वनको क्षेत्रफल २ हजार भन्दा बढी छ । वनले जिल्लाको कूल क्षेत्रफलका ७.९५ प्रतिशत क्षेत्रफल ओगटेको वनका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । वनको यस क्षेत्रको भू क्षय कटान र नियन्त्रणमा ठूलो भूमिका खेलेको छ ।
वनमा दुलर्भ जंगली जनावरहरु पनि फेला परेका छन् । कार्यक्रममा बुटवल १२ का वडा अध्यक्ष डिल्लीप्रसाद आचार्य, पूर्व वडा अध्यक्ष दुर्गा सुवेदी, सल्लाहकार प्रेम शर्मा काफ्ले, धर्म आचार्य होमबहादुर क्षेत्री लगायतले बोलेका थिए । उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वन संरक्षणको लागि हेरालु नियुक्त गर्ने तयारी गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित