दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

स्काउट विद्यार्थीहरुद्धारा छाडा चौपायालाई भोजन

स्काउट विद्यार्थीहरुले बुटवलका सडकमा भेटिएका छाडा चौपायाहरुलाई भोजन गराएका छन । नवज्योति स्काउट ट्रुप मणिग्राम तिलोत्तमा, इडन स्काउट ट्रुप नहरपुर र नवीन स्काउट ट्रुप देवीनगर ११ बुटवलका स्काउट विद्यार्थीहरुले सडकमा रहेका छाडा चौपायाहरुलाई भोजन गराएका हुन । बुटवलमा छाडा चौपायाको समस्या बढ्दो रहेको अवस्थामा अव्यवस्थित रूपमा बाटोमै बसोबास गर्ने चौपायाहरु मध्ये गाई, गोरु र कुकुरहरूलाई स्काउटका विद्यार्थीहरुले खाना खुवाएका हुन ।
तीन वटा स्कुलका स्काउट ट्रुपहरु मिलेर खेलिएको देउसी भैलो कार्यक्रम २०७९ बाट संकलित रकमले बुटवल बसपार्क, इटा भट्टी लाइन र देवीनगरका विभिन्न चोकहरुमा खाना खुवाएका हुन ।उनिहरुले कुकुरहरूलाई मासु र गाइहरुलाइ पाउरोटी र ब्रेड खुवाएका हुन ।
स्काउटको नियम अनुसार स्काउट विद्यार्थीहरु प्राणी प्रति दयालु हुन्छन भन्ने भावनालाई आत्मसात गर्दै एक असल नागरिक र देशभक्तिको भावना जागरुक गर्ने उद्देश्यले कार्यक्रम गरिएको  स्काउट रोभर मास्टर र स्काउट DMT नवराज खरेल र स्काउट मास्टर र स्काउट DMT बिद्या खडकाले  बताए ।
यस्ले गर्दा विद्यार्थीहरु सानो उमेर देखिनै सामाजिक भावना र नैतिक शिक्षा सिक्ने समुहमा काम गर्ने जस्ता अनुशासन सिक्ने भएकोले यो कार्यक्रमको गरिएको उनीहरुको भनाइ छ ।
उनिहरु भन्छन् –प्राणी जातीहरुको पनि हाम्रो जस्तै परिवारका सदस्य हुने हुनाले सबै मिलेर माया ममता गर्नु पर्छ सबै काम राज्यले मात्रै गर्नुपर्छ भन्ने छैन एक असल नागरिकको हैसियतले नै यो कार्यको सुरुवात गरेका हौं, आगामी दिनमा यस किसिमको कामलाई निरन्तरता दिदै जान्छौं ।


तीन वटा स्काउट ट्रुपहरु मिलेर खेलिएको देउसी भैलो कार्यक्रम २०७९ बाट संकलित रकमले यस अधि देवीनगर ११ बुटवल रुपन्देही स्थित नेपाल अपांग आश्रममा बसोबास गर्ने करिव ५० जनालाई भोजन गराइएको थियो ।
उक्त कार्यक्रममा करिव १५ जना स्काउट सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतिकुल मौसम भएकोले सबै सदस्यहरु कार्यक्रममा आउन नसकेको खरेलले बताए । आफू बिगत लामो समय देखि खेलकुद र स्काउट जस्ता समाजिक क्षेत्रमा काम गर्न पाउँदा खुशि रहेको भन्दै उनले यस्तो खालको पबित्र कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउछन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित