बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

सैनामैनामा तीन दिने माघी खिचडी महोत्सव हुँदै

थारु परम्परा र संस्कृतिको विकास गर्न भन्दै रुपन्देहीको सैनामैनामा पाँचौ थारु माघी एवम् खिचडी महोत्सव हुने भएको छ ।

थारु जातिको नयाँ वर्ष २६४६ को अवसरमा यही पुस २८ ,२९ र ३० गते थारु कल्याणकारीणी सभा सैनामैनाले महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा परम्परागत थारू खानाका परिकार सांस्कृतिक कार्यक्रमसँगै सामाजिक र राजनीतिक चेतनाका कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारीणी सभा सैनामैनाका सल्लाहकार खुशीराम चौधरीले बताए ।

महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेतना र नेतृत्व क्षमताको विकास गर्ने अपेक्षा छ ।

तीन दिने कार्यक्रम अन्तर्गत यही पुस २८ गते रक्तदान कार्यक्रमको आयोजना गरी महोत्सवको सुरुवात हुने सैनामैना नगर कार्यसमितिका सभापति दुलबहादुर थारुले जानकारी दिए । २९ गते थारु साहित्य वाचन, तथा विविध खेलकुद प्रतियोगित र थारु लोक नृत्य प्रदर्शन गरिने छ ।

पुस ३० गते मूल समारोहको आयोजना गर्दै थारु झाँकी, जनचेतनामूलक र्‍याली, स्थानीय लोक नृत्यसँगै थारु खानाका परिकारहरु महोत्सवमा राखिने छ ।

माघीको अवसरमा थारु समुदायका घरघरमा खिचडी, माछाका परिकार, घोगी, अनदीको भुजा, ढिकरी लगायतका परम्परागत खाना पकाउने खाने गरेर रमाइलो गर्ने गर्दछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित