मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

सैनामैनामा तीन दिने माघी खिचडी महोत्सव हुँदै

थारु परम्परा र संस्कृतिको विकास गर्न भन्दै रुपन्देहीको सैनामैनामा पाँचौ थारु माघी एवम् खिचडी महोत्सव हुने भएको छ ।

थारु जातिको नयाँ वर्ष २६४६ को अवसरमा यही पुस २८ ,२९ र ३० गते थारु कल्याणकारीणी सभा सैनामैनाले महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा परम्परागत थारू खानाका परिकार सांस्कृतिक कार्यक्रमसँगै सामाजिक र राजनीतिक चेतनाका कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारीणी सभा सैनामैनाका सल्लाहकार खुशीराम चौधरीले बताए ।

महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेतना र नेतृत्व क्षमताको विकास गर्ने अपेक्षा छ ।

तीन दिने कार्यक्रम अन्तर्गत यही पुस २८ गते रक्तदान कार्यक्रमको आयोजना गरी महोत्सवको सुरुवात हुने सैनामैना नगर कार्यसमितिका सभापति दुलबहादुर थारुले जानकारी दिए । २९ गते थारु साहित्य वाचन, तथा विविध खेलकुद प्रतियोगित र थारु लोक नृत्य प्रदर्शन गरिने छ ।

पुस ३० गते मूल समारोहको आयोजना गर्दै थारु झाँकी, जनचेतनामूलक र्‍याली, स्थानीय लोक नृत्यसँगै थारु खानाका परिकारहरु महोत्सवमा राखिने छ ।

माघीको अवसरमा थारु समुदायका घरघरमा खिचडी, माछाका परिकार, घोगी, अनदीको भुजा, ढिकरी लगायतका परम्परागत खाना पकाउने खाने गरेर रमाइलो गर्ने गर्दछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित