निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

देवसिद्ध खानेपानीको ११ औं साधारणसभा

रुपन्देहीको बुटवल उपमहानगरपालिका– ११, देवीनगरस्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भरत पाठक तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रूपन्देहीका प्रमुख गुणानिधि पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै पोखरेलले सबै जनतालाई स्वच्छ खानेपानी पुु¥याउने योजनामा डिभिजन कार्यालय रहेको बताए ।

उनले पानीका स्रोतहरु जोगाउन आवश्यक रहेको भन्दै त्यसतर्फ लाग्न सबै समक्ष आग्रह गरे । संस्था अध्यक्ष पाठकले ११ वर्ष अगाडि स्थानीयबासीको पहलमा स्थापना भएको देवसिद्ध खानेपानी संस्था गुुरूयोजना बनाएर अगाडि बढेको बताए ।

सहकारीका सचिव लोकराज शर्माले आगामी आर्थिक वर्षभित्र बुटवल उपमहानगरपालिकाको सहकार्य र सह लगानीमा फोहोर प्रशोधन गर्न नगरपालिकाहरु र खानेपानी संस्थाहरुको सहकार्यमा कम्पोष्ट मल उत्पादन गर्नेतर्फ अगाडि बढिएको बताए ।

कार्यक्रममा वडा अध्यक्ष अध्यक्ष रामचन्द्र क्षेत्री, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य धु्रव धिताल, कालिकानगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खगप्रसाद पुन, संस्थाका संस्थापक अध्यक्ष भक्तबहादुर कार्की, उपभोक्ता प्रतिनिधि सदस्य दुर्गा थापा मगर, कृष्णप्रसाद पोखरेल लगायतले बोलेका थिए ।

साधारणसभामा कोषाध्यक्ष डम्बर बहादुर थापा, लेखा समिति संयोजक हिमलाल न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

सो अवसरमा ज्येष्ठ उपभोक्तालाई सम्मान, ४ वटा टोल विकास क्षेत्रबाट स्वच्छ घरलाई प्रशंसापत्र, असल कर्मचारी पञ्चमान कामीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष भरत पाठकको अध्यक्षता उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित