लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले ।

केही दिनमा जिल्ला वनका अधिकारीले थाहा पाए । अनि किसानको घरबाट पाण्डापाण्डीको उद्धार गरे । र, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पठाइदिए ।
त्यसयता ‘पाण्डापाण्डी’को संसार नै चिडियाखाना हो । उनीहरू आफूलाई हेर्न आएका मान्छेसँग लुकामारी खेल्छन् । अब यिनीहरू ८ वर्षका भए । पाण्डापाण्डी अर्थात् रेड पाण्डाको जोडी । रेड पाण्डाका भालेपोथीलाई पाण्डापाण्डी भनेर चिनिन्छ । चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाका अनुसार पाण्डापाण्डीलाई ५ माघ २०७२ मा लिवाङबाट ल्याइएको थियो ।
रेड पाण्डा नेपालसहित भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । २५ सयदेखि ३ हजार मिटरको उचाइमा पाइने रेड पाण्डा नेपालमा ३ सय १७ देखि ५ सय ८२ को हाराहारीमा रहेको राष्ट्रिय निकुञ्ज विभागको अनुमान छ । रेड पाण्डालाई आईयूसीएनले संकटापन्न जन्तुको सूचीमा राखेको छ ।

संसारबाट हराउँदै गएको रेण्डपाण्डाको गतिविधिलाई हामीले क्यामेरामा कैद गरेका छौँ ।

हेर्नुहोस्, चिडियाखानामा लिइएका रेड पाण्डाका तस्वीरहरू:

शव्द तस्वीर /शुसिल श्रेष्ठ, शिलापत्र

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित