बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६ बालबालिकार्लाइ खोप लगाइँदै छ ।

दादुरा रुबेलाका लक्षण देखियमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । एक हफ्ताअघि ४ जनामा सत्रंमण देखिएको थियो । हालसम्म नेपालगन्जका ३१ जनामा दादुरा देखिएको छ ।

दादुराकै कारण बुधबार नेपालगन्जका एक बालकको मृत्युसमेत भइसकेको छ । एक सातायता तीव्र गतीमा फैलिरहेको दादुरा महामारीको अझैसम्म नियन्त्रणमा आउन सकेका छैन । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीका रूपमा लिने गरिन्छ ।

उपमहानगरका वडा नम्बर ५,७,८,१०,१५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले दिएको जानकारीअनुसार सबैभन्दा बढी ५–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित