दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

नवीन औद्योगिक स्कुलको ४७ औं बार्षिक उत्सव सम्पन्न

 

बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको ४७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक साता अघि खेल सप्ताह सुरु गरिएकोमा शुक्रबार मुल समारोह कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खरेलको अध्यक्षता तथा रुपन्देही २(१) का प्रदेश सांसद लिला गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि गिरीले नविन औद्योगिक विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदान अतुलनिय रहेको भन्दै विद्यालयको शैक्षिण गुणस्तरलाई अझ माथी उठाउन आग्रह गरे । उनले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सधै आफु सहयोगी बन्ने प्रतिबद्धता समेत सो अवसरमा व्यक्त गरे ।

 

वि.स. २०३३ सालमा स्थापना भएको नविन औद्योगिक माध्यमिक विद्यालयमा हाल ४१ सय विद्यार्थीहरु रहेका छन् ।

विद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले अहिले पनि सरकारले सामुदायिक विद्यालयलाई गम्भिर रुपमा नहेरेको बताउनुभयो । सामुदायिक विद्यालयहरु अव्वल बन्न सक्ने उदाहरण विद्यालयले पेश गरेपनि अझै निजी स्रोतबाट शिक्षक राख्नुपर्ने, प्रयाप्त भौतिक पुर्वधारको अभाव जस्ता समस्या विद्यालयमा हुँदा सोचे अनुरुपको नतिजा दिन नसकिएको बताउनुभयो ।

कार्यक्रममा शिक्षकहरु कपिलप्रसाद पौडेल, राजेश अग्रहरी र लक्ष्मी गौतमलाई दिर्घसेवी शिक्षक सम्मान बाट सम्मान गरिएको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शैक्षिक उन्नयनका लागि उपमहानगरपालिकाले विभिन्न कार्ययोजना बनाएको भन्दै उक्त योजनामा विद्यालय पनि सहभागि बन्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, बडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले बोलेका थिए ।

सोही अवसरमा बुटवलमा भएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको अवसरमा आयोजित आईडलमा तेस्रो बनेकी एन्जिला खत्री क्षेत्रीलाई पनि सम्मान गरिएको थियो । नेपाली र अंग्रेजी माध्यमबाट अध्यायन हुने विद्यालयमा व्यवस्थापन, कानुन, शिक्षा, सिभिल ईन्जिनियरिङको अध्ययान हुने गर्दछ । विद्यालयमा कुल १६१ शिक्षक छन् । जसमा ८ जना मात्र स्थायी शिक्षक छन् भने सरकारी अनुदानबाट तलव खाने शिक्षकको संख्या ४१ छ । नीजि स्रोतबाट तलव खाने शिक्षकहरुको स.ख्या १२० रहेको छ ।

कार्यक्रम विद्यालयका सहायक प्राचार्य रोमनाथ घिमिरेको स्वागत तथा शिक्षक केशवराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित