रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट                
समाचार :

साँढेलाई ट्रकमा बाँधेर घिसार्दै रक्ताम्य नबनाएको सिद्धार्थ नगरपालिकाको दावी

बुटवल । छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो ।
नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापन सुरु गरेको थियो । नगरपालिकाको कार्यालयले एकत्रित गरेका छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने योजना स्वरुप छाडा चौपाय व्यवस्थापन सुरु गरेपनि छाडा चौपायको नियन्त्रणलाई लिएर सिद्धार्थनगर नगरपालिकाको चौतर्फी विरोध भयो ।
तर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गोरु (साँढे)लाई ट्रकमा बाँधेर घिसारेको भन्दै बाहिरिएको फोटोमा कुनै सत्यता नभएको बताएको छ । बुधबार साँझ नगरपालिकाले लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर सिद्धार्थनगर नगरपालिकाका कर्मचारी र नगर प्रहरीले साँढेलाई घिसारेको भन्दै फोटो सामाजिक संजालमा भाइरल भएको थियो । नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी साँढेले चारपाँच जनालाई हानेर घाइते गराएको र यसलाई व्यवस्थापन गरी गौशालामा लैजाने क्रममा अतिरञ्जीत गराइएको नगरप्रमुख इश्तियाक अहमत खानले बताए ।
नगरपालिकाले सिसी टिभी फुटेजसमेत संकलन गरेर बाहिर आएजस्तो वास्तविकता नभएको दावी गरेको छ । उक्त साँढे अहिले यही भैरहवामा रहेको र उसलाई कुनै चोटपकट समेत नलागेको नगरपालिकाले बताएको छ । फोटोमा देखिएको रगतजस्तो वस्तु रातमा समयको ट्रकको ब्याग लाइटको रातो भएको नगरको दावी छ । पालिकाले उक्त साँढेलाई गौशाला लैजान निकै समस्या भएपछि ट्रकमा बाँधेर डोर्याएको तर अलिकती हिँडेपछि बसेको र बसेका बेला फोटो खिचेर धार्मि शहिष्णुता खलबल्याउने प्रयास भएको जनाएको छ । पालिकाले राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रको सहयोग र केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा साँढेलाई गौशालामा लग्न लागिएको बताएको छ । पत्रकार सम्मेलनमा गौं संरक्षण केन्द्रका अध्यक्ष भूपराज भूर्तेलले हिजोको घटनामा नगरपालिकाको गल्ती नभएको यसलाई अतिरञ्जित गराइएको बताए । उपप्रमख उमा अधिकारीले पनि बाहिर आएको जस्तो साँढेलाई नघिसारिएको दावी गरिन ।
सामाजिक संजालमा देखिएको फोटोमा साँढे पल्टिएको र ट्रकमा बाँधेर घिसारे जस्तो देखिन्छ । तर, मानिसले डोर्याउन नसकेपछि ट्रकमा बाँधेर विस्तारै हिडाइएको र एक्कासी साँढे बसेपछि ट्रक रोकेर फेरि उठाइएको नगरपालिकाले जनाएको । नगरपालिकाले सामाजिक द्वेष फैलाउने कुनै कसिमको कार्य नगर्न आग्रह गरेको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित