लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

कुनै आर्थिक प्रलोभनमा फस्दिन – डिएसपी दान ब. थापा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले आफू कुनै आर्थिक प्रलोभनमा नफस्ने बताएका छन् ।

दश दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले बिहीबार कार्यालयमै सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गर्दै यस्तो बताएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका यसअघिका डीएसपी ठगबहादुर केसी सुन काण्डमा आर्थिक प्रलोभनमा फसेपछि उनीमाथिको अनुसन्धान जारी छ ।

तर नयाँ आएका डीएसपी थापाले कुनैपनि आर्थिक प्रलोभनमा आफू नपर्ने बताए । “मेरो २५ वर्षको प्रहरी सेवा स्वच्छ ढंगले नै बितेको छ, अव पनि कुनै आर्थिक प्रलोभनमा फस्ने छैन”–उनले भने ।

उनले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य दायित्व र कर्तव्य रहेको भन्दै यही कर्तव्यलाई कुशल ढंगले निर्वाह गर्ने पनि उनले बताए । डीएसपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत थिए ।

उनले बुटवले बुटवलको मुख्य समस्या लागू औषध नियन्त्रण रहेको र पछिल्लो समय आत्महत्या रोकथाम पनि मुख्य चुनौतीको रुपमा देखिएको भन्दै हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता जघन्य अपराधमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित