३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

कुनै आर्थिक प्रलोभनमा फस्दिन – डिएसपी दान ब. थापा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले आफू कुनै आर्थिक प्रलोभनमा नफस्ने बताएका छन् ।

दश दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले बिहीबार कार्यालयमै सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गर्दै यस्तो बताएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका यसअघिका डीएसपी ठगबहादुर केसी सुन काण्डमा आर्थिक प्रलोभनमा फसेपछि उनीमाथिको अनुसन्धान जारी छ ।

तर नयाँ आएका डीएसपी थापाले कुनैपनि आर्थिक प्रलोभनमा आफू नपर्ने बताए । “मेरो २५ वर्षको प्रहरी सेवा स्वच्छ ढंगले नै बितेको छ, अव पनि कुनै आर्थिक प्रलोभनमा फस्ने छैन”–उनले भने ।

उनले शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रहरीको मुख्य दायित्व र कर्तव्य रहेको भन्दै यही कर्तव्यलाई कुशल ढंगले निर्वाह गर्ने पनि उनले बताए । डीएसपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत थिए ।

उनले बुटवले बुटवलको मुख्य समस्या लागू औषध नियन्त्रण रहेको र पछिल्लो समय आत्महत्या रोकथाम पनि मुख्य चुनौतीको रुपमा देखिएको भन्दै हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता जघन्य अपराधमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित