लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जब नगरपालिकाले साँढेलाई घिसार्दै लग्यो…

छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो ।
नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापन सुरु गरेको थियो । नगरपालिकाको कार्यालयले एकत्रित गरेका छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने योजना स्वरुप छाडा चौपाय व्यवस्थापन सुरु गरेपनि छाडा चौपायको नियन्त्रणलाई लिएर सिद्धार्थनगर नगरपालिकाको चौतर्फी विरोध भएको छ ।
४ पुस देखि छाडा चौपाय व्यवस्थापन सुरु गरेको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रण गर्न भन्दै गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको हो । बुधबार राती मात्र नियन्त्रणमा ल्याउन छाडा चौपायलाई सडकमै घिसारिरहेका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेका छन् । डोरीले चौपायहरुलाई बाधेर गाडिले घिसार्दै लगिएका तस्वीरहरु सार्वजनिक भए संगै नगरपालिकाको विरोध भएको हो ।
सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ ।
छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
भैरहवाका सामाजिक अभियन्ता प्रख्यात बन्जाडेले नगरपालिकाले पशुचौपायामाथि निर्मम यातना दिएको विरोधमा बिहीबार नगरपालिकामा ज्ञापन पत्र बुझाउने समेत बताए । त्यसैगरी भैरहवाका समाजदेवी भरत पोखरेलले पनि छाडा पशुचौपाया नियन्त्रण गर्नुपर्ने भए पनि नियन्त्रणको तरिका गलत भएको बताए ।
नगरपालिकाले हाल बर्दघाटमा छाडा चौपाय पालन पोषणका लागि पठाउने गरेपनि सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ११ स्थित नगरपालिकाको स्वामीत्मा रहेको जग्गामा कान्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको छ । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गरिने बताईन ।
केही नगरवासीले गाई गोरु दिउँसो गोठमा राखेर साँझ छाड्ने गरेको पाइएकोले त्यस्ता कार्य नगर्न उनले आग्रह गरिन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित