बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

निलम्बित डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु

­सुन काण्डमा मुछिएका निलम्बित प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल आएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले बताएको छ ।

अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङको नेतृत्वमा समिति गठन भएको थियो । समितिले एक महिनाभित्र अनुसन्धान प्रतिवेदन बुझाउने जिम्मा पाएको छ । समितिको प्रतिवेदनका आधारमा केसीमाथि थप कारबाही अगाडि बढाउने रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायब गरिदिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो । केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पुस १४ मा निलम्बन गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित