निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

भैरहवाबाट सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान

यहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । अहिले खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भए पनि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यसको प्रयोग भइरहेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ गते बुद्ध जयन्तीमा विमानस्थल उद्घाटन गरेका थिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्दप्रसाद दाहालले उद्घाटनको दिनबाटै कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको जानकारी दिए । बैदेशिक रोजगारीका लागि काठमाडौंमा श्रम लगायत पक्रिया पूरा गरेका श्रमिकलाई उक्त एयरले यहाँबाट लैजाने र उताबाट त्यस्तै व्यक्ति ल्याउने गरेको थियो । यहँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र नीजि क्षेत्रका लगानीकर्ता उत्साहित थिए । उनका अनुसार यात्रुको संख्या बृद्धि भएपछि जजिरा एयरले गत भदौं ३१ गतेबाट दैनिक उडान सुरु गरेको थियो ।

‘स्थानीय स्तरमा बैदेशिक रोजगारीमा जानेका लागि श्रम कागजात, मेडिकल जाँच लगायत सुविधा नहुँदा समस्या भयो,’ दाहालले भने, ‘आवश्यक पक्रिया काठमाडौंमा पूरा गरेर जहाज चढ्न भैरहवा आउनुपर्ने भएपछि यात्रुलाई अप्ठयारो थियो ।’ जसले गर्दा जजिराले गत असोज १६ गतेबाट केही दिन बिराएर उडान गर्न थालेको उनले बताए ।

महाप्रवन्धक दाहालका अनुसार हिमालय एयरलायन्सले गत कार्तिक १७ गतेदेखि यहाँबाट दैनिक मलेसिया चाटर्ड उडान सुरु गरेको थियो । ‘अहिले खराब मौसमका कारण जजिरा र हिमालयले केही समयका लागि उडान स्थगित गरेका छन्,’ उनले भने, ‘हुस्सु र बाक्लो कुहिरोले गर्दा उडान, अवतरणमा समस्या भएको हो ।’

उनका अनुसार यहाँबाट २०२२ मे १६ तारिखदेखि डिसेम्बर १८ सम्म विभिन्न कम्पनीबाट १ सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यत्तिकैं संख्या विमान अवतरण भएका छन् । ती उडान–अवतरणबाट उक्त अवधिमा १३ हजार ५ सय ९३ यात्रु यहाँ आएका छन् । यहाँबाट १८ हजार २५ यात्रु बाहिरिएका छन् ।

महाप्रवन्धक दाहालका अनुसार जजिरा र हिमालय बाहेक अहिलेसम्म भियतनाम, माल्टा, क्यानडाका विमानले उडान चाटर्ड गरेका छन् । यस अवधिमा स्काइलाइन एभियसन, एरो थाई, नेपाल एयरलाइन्स र ओर्टास लिमिटेडले उडान भरेको दाहालले जानकारी दिए । ‘यस अवधिमा धेरै विमान कम्पनीले उडानका लागि चासो देखाए,’ उनले भने, ‘यहाँ आएर विमानस्थल अवलोकन गरे । तर, उडानमा ढिलाई गरिरहेका छन् ।’

नागरिक उड्डययन प्राधिकरणले यहाँ अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी आकर्षित गर्न अवतरण, पार्किङ, सञ्चार तथा उड्ययन सेवा र सुरक्षा जाँच शुल्कमा पहिलो वर्षका लागि शत प्रतिशत छुट व्यवस्था गरेको छ । महाप्रबन्धक दाहालका अनुसार नेपाल वायु सेवा निगमले लिने ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्कमा गत कार्तिक १५ गतेबाट अर्को निर्णय नभएसम्मका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

‘ठूलो लगानी र धेरै नागरिकको भरोसाको विमानस्थल भएकाले हामीले विभिन्न चुनौतीका वाबजुद सुखदुख सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘यसको भविष्य राम्रो देख्छु ।’ यहाँस्थित विमानस्थलमा ४ न्यारो र एक वाइड बडी गरेर पाँच वटा विमान पार्किङ क्षमता छ । अहिले टर्मिनल भवनमा पाँच सय ५० जना यात्रु एकैसाथ अट्छन् । अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पार्किङमा १ सय ६० ट्याक्सी र अन्य सवारी राख्न सकिन्छ ।

‘अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले भन्सार, अध्यागमन, मेट्रोलोजी, बैंक, पारवहन तथा गोदाम व्यवस्था, सुरक्षा प्रहरी, नेपाली सेना लगायत गरेर २१ वटा कार्यालयले सेवा सुरु गरिसकेका छन्,’ दाहालले भने, ‘विमानस्थलको अप्रेशन समय २४ सैं घण्टा उपलब्ध रहेको छ ।’ यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जनशक्ति, मेशिन, औजार लगायत उपकरण व्यवस्थित भइसकेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित