लुम्बिनी प्रदेशका स्वतन्त्र सांसद फेरि माओवादीमै प्रवेश

बुटवल । लुम्बिनी प्रदेशका एक स्वतन्त्र सांसद माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रोल्पाको १ (२) बाट निर्वाचन जितेका दीपेन्द्रकुमार पुन मगर माओवादी केन्द्रमा पुन: फर्केका हुन् ।

माओवादी पोलिटब्युरो सदस्य तथा रोल्पा इन्चार्ज पुनमगर टिकट नपाएपछि दुवै पदबाट राजीनामा दिएर स्वतन्त्र उमेदवार बनेका थिए । उनले माओवादीको सहकार्यमा उम्मेदवार बनेका कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई भारी मतले हराएका थिए ।

माओवादी-कांग्रेस गठबन्धन टुंगिएपछि उनले अध्यक्ष पुष्पकमल दाहाललाई आत्मालोचनापत्र लेख्दै पार्टीमा फर्कने बताएका छन् । उनले अब माओवादीमै रहेर सक्रिय काम गर्ने जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार