भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरेपछि…

गत पुस ९ गते सैनामैनामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको घटनामा घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् ।

तौलिहवाका ईम्तियाज अहमद रंगरेजको मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चन गाउँपालिका-२ गोफ्लापुर बस्ने २४ वर्षीया सागर बुढाथोकीलाई सालझण्डी प्रहरी रुपन्देहीले पक्राउ गरेको हो । बुढाथोकीबाट लु २० प ७०४४ नं को मोटरसाइकलसमेत बरामद गरिएको छ ।

बुढाथोकीले पुस १६ गते राति सैनामैना नगरपालिका -७ आमी बजारका टेकबहादुर छन्त्यालको पसलबाट सामसुङ मोबाइल, २ हजार २०० नगद र टेकबहादुर छन्त्यालकै नामको मतदाता परिचयपत्रको सक्कलप्रति पनि चोरी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले अभियुक्त बुढाथोकीलाई चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थपेर अनुसन्धान भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित